प्रिमियम सदस्यता शुल्क बढाउँदै स्पोटिफाइ

  • Technology Khabar | २१ श्रावण २०८२, बुधबार
प्रिमियम सदस्यता शुल्क बढाउँदै स्पोटिफाइ

काठमाडौं ।

स्पोटिफाइले प्रिमियम सदस्यताका मूल्यहरू अब मध्यपूर्व, अफ्रिका, युरोप, ल्याटिन अमेरिका र एशिया–प्रशान्त क्षेत्रका थुप्रै बजारहरूमा बढाइने सोमबार घोषणा गरेको छ। अर्को एक महिनाभित्र प्रभावित ग्राहकहरूले आफ्नो मासिक सदस्यता शुल्क १०.९९ बाट ११.९९ यूरो पुग्ने जानकारीसहित इमेल प्राप्त गर्नेछन्।

टेकक्रञचका अनुसार स्पोटिफाइले गत वर्ष अमेरिकी प्रयोगकर्ताहरूका लागि पनि यस्तै मूल्यवृद्धि गरेको थियो, जहाँ सदस्यता शुल्क १०.९९ बाट ११.९९ डलर पुगेको थियो। त्यो बेला एक वर्षको अवधिमा दोस्रो पटक मूल्य बढाइएको थियो।

हालको मूल्यवृद्धि स्पोटिफाइको पछिल्लो कमजोर आम्दानी प्रतिवेदनपछि आएको हो, जसमा कम्पनीले आम्दानीको अपेक्षा पूरा गर्न सकेन र यसको सेयर मूल्य ११ प्रतिशतले घटेको थियो।

सोही आम्दानी प्रतिवेदनपछि लगानीकर्तासँगको संवादमा सीईओ ड्यानियल एकले “हामी अहिले जहाँ छौं, त्योप्रति सन्तुष्ट छैनौं” भने पनि, कम्पनीका दीर्घकालीन योजना प्रति आफू “विश्वस्त” रहेको बताए। मूल्यवृद्धिको घोषणा भएपछि प्रिमार्केट ट्रेडिङमा स्पोटिफाइको सेयर मूल्य ५ प्रतिशतले बढेको छ।

प्रकाशित: २१ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...