Technology Khabar २१ श्रावण २०८२, बुधबार
काठमाडौं ।
च्याटजीपीटी लन्च गरिएको लगभग तीन वर्ष पछि पहिलो पटक कम्पनीहरूले यसको कम प्रयोग गरिरहेको खुलासा गरिएको छ। कम्पनीहरूले बढ्दो रूपमा माइक्रोसफ्ट र गुगलजस्ता प्रतिस्पर्धीहरू छनौट गरिरहेका छन्।
व्यवसायहरूले ६ महिना अघिको तुलनामा आहिले च्याटजीपीटीको कम प्रयोग गर्ने गरको र सन् २०२२ को नोभेम्बरमा यसको लन्च पछि पहिलो पटक च्याटबोटको प्रयोग घटेको एक नयाँ विश्लेषणले खुलासा गरेको छ।
अमेरिकी सफ्टवेयर कम्पनी नेटस्कोपको रिपोर्टले ७८प्रतिशत संस्थाहरूले हालै ओपनएआई बाट आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोट प्रयोग गरेका पत्ता लगाएको छ जुन सन् २०२५ को फेब्रुअरीमा ८० प्रतिशत रहेको उल्लेख गरिएको छ।
त्यो अवधिमा गिरावट देख्ने यो एक मात्र एआई प्लेटफर्म भएको युरोन्यूजले उल्लेख गरेको छ।
यी तथ्याङ्कहरूको लागि, नेटस्कोपले आफ्ना ग्राहकहरूले ३१७ एपहरू र च्याटबोटहरू कति पटक प्रयोग गर्छन् भनेर ट्र्याक गर्ने एक अज्ञात, आन्तरिक डाटाबेसबाट आफ्ना ३,५०० ग्राहकहरू बीचको एआई प्रयोगको डाटा विश्लेषण गरेको जनाइएको छ।
माइक्रोसफ्ट अफिस ३६५ वा गिटहबको उदाहरण दिँदै संस्थाहरूले गुगलको जेमिनी र माइक्रोसफ्ट कोपाइलट जस्ता प्रतिस्पर्धीहरूलाई प्राथमिकता दिइरहेको र यी च्याटबटहरू पहिले नै तिनीहरूको कार्यालय कार्यप्रवाहसँग एकीकृत भएको नेटस्कोपले उल्लेख गरेको छ।
समग्रमा भने जेमिनी र कोपाइलट भन्दा च्याटजीपीटी बढी प्रयोग गरिने गरिएको बताइएको छ। कम्पनीहरूले जेमिनी र कोपाइलट क्रमशः ५५प्रतिशत र ३७प्रतिशत यी प्लेटफर्महरू प्रयोग गर्ने गरेको बताइएको छ।
प्रतिवेदनले ९० प्रतिशत व्यवसायहरूमा कर्मचारीहरूले सन् २०२५ सम्ममा च्याटजीपीटी, जेमिनी, वा कोपाइलट जस्ता प्रत्यक्ष पहुँचयोग्य एआई टुल्सहरू प्रयोग गर्न आवश्यक रहेको भन्ने तथ्य पत्ता लगाएको छ।
व्यवसायहरूले प्रयोग गर्ने अन्य लोकप्रिय एआईहरूमा एन्थ्रोपिकको क्लाउड, पप्र्लेक्सिटी एआई, ग्रामर्लीको स्पेलचेक एआई, र गामा एआई रहेका छन् जसले पावरपोइन्ट प्रिजेन्टेसनहरूसँग काम गर्दछ।
व्यवसायहरूले अत्यधिक प्रयोग गरे तापनि, प्लेटफर्महरूसँग उनीहरूलाई सचेत हुनुपर्ने केही जोखिमहरू अझै पनि रहेको छन् भनि रिपोर्टले उल्लेख गरेको छ।
प्रयोगकर्ताहरूले अनुरोध पठाउँदा र जानकारी अपलोड गर्दा संवेदनशील डाटा उजागर गर्न सकिने भएकोले डाटा सुरक्षा सबैभन्दा ठूलो जोखिम भएको उल्लेख गरिएको छ।
कार्यस्थलमा जेनेरेटिभ एआई प्रयोग गर्ने कम्पनीहरू प्रायः कागजातहरू, लार्ज (ठूला) डाटा सेटहरू वा सोर्स कोडमा आधारित नयाँ टेक्स्ट संक्षेप गर्न वा उत्पन्न गर्न च्याटबटहरू प्रयोग गर्दछन् र जसमा संवेदनशील डाटा समावेश गर्न सक्ने सबै चीजहरू हुने गरेको तथ्य रिपोर्टले पत्ता लगाएको छ।
एआई रोबोटहरूले प्राप्त गर्ने अनुरोधहरूको संख्या पनि सन् २०२५ सम्ममा ३० गुणा बढेको रिपोर्टले पत्ता लगाएको छ।
औसतमा, कम्पनीहरूले प्रति महिना लगभग ७.७ गिगाबाइट डाटा च्याटबटहरू पठाउने गरेको बताइएको छ जुन सन् २०२४ मा प्रति महिना केवल २५० मेगाबाइट रहेको उल्लेख गरिएको छ।
यो प्रवृत्ति वर्षको दोस्रो भागमा पनि जारी रहने अपेक्षा गरिएको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २१ श्रावण २०८२, बुधबार