Technology Khabar १६ माघ २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । एड्भान्स अटोमाबाईल प्रालिले नेपाली बजारमा रेनोको ‘रेनो डस्टर आरएक्सएस’ सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार एक कार्यक्रमका बीच रेनोको उक्त कार सार्वजनिक गर्दे विक्री वितरण शुरु गरेको हो ।
फ्रान्सेली अटोमोबाइल निर्माताले केडब्लूआईडीको सहकार्यमा २०१६ देखि नेपाली बजारमा रेनो डस्टरको बिक्री वितरण शुरु गरेको थियो ।
रेनो डस्टर आरएक्सएस पेट्रोल भेरियन्टमा उपलब्ध रहेको छ । यसमा स्मार्टफोन भ्वाइस पहिचान प्रणाली, यूएसबी र अक्स इन कनेक्टीभिटी र ७ इन्चको टच स्क्रीन इन्फोटेन्मेन्ट कम्प्याटिबल ब्लुटूथ जडान गरिएको छ ।
यसका साथै आरएक्सएस संस्करणमा ड्यूल एयरब्याग, एबीएस, हिल एसिस्ट, इन्जिन मोबिलाइजर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, पावर डोर लक, गन मेटल फिनिस सिङ्गल ह्वील लगायतका फिचर रहेका कम्पनीले जानकारी दिएको छ । कारमा स्टेयरिङ अडियो र फोन नियन्त्रण गर्ने, गियर रिडिङ ल्याम्प र जीपीएस नेभिगेसन जस्ता विशेषता रहेका छन ।
डस्टर आरएक्सएस संस्करण १ दशमलव ५ डीसीआई इन्जिनद्वारा संचालित कारले ८५ एचपी पावर र २०० एनएम टर्क जेनेरेट गर्दछ । यस संस्करणमा एयर कन्डिसनर, हिटर, स्टेरिङ एडजस्टमेन्ट, स्टेरिङ माउन्ट अडियो, पावर सप्लाई पोर्ट, रियर आर्मरेष्ट, इलेक्ट्रीकल्ली एडजस्टेवल रियर भ्यू मिरर लगायतका विशेषताहरु पनि समावेश गरिएको छ ।
डस्टर एक्सआरएसमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ र अलोय ह्वीलसमेत रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित: १६ माघ २०७५, बुधबार