Technology Khabar १३ श्रावण २०८२, मंगलवार
काठमाडौं ।
पश्चिम नेपालकै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा पाल्पामा पहिलो पटक सूचना प्रविधि विषयको पठनपाठन हुने भएको छ।
यसै शैक्षिक सत्रदेखि क्याम्पसले विएस्सी सिएसआइटीको पढाई सुरुवात गर्ने तयारी गरेको हो।
क्याम्पसले सो विषयको पठनपाठन गराउनका लागि त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत पाएको जनाएको छ। यो विषय अध्ययनका लागि हाल पाल्पा र आसपास जिल्लाबाट विद्यार्थीहरू अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो।
नयाँ विषय अध्यान शुरु भएसँगै सूचना प्रविधिको विषयमा रुचि राख्ने विद्यार्थीहरुलाई बुटवल, काठमाण्डौं, पोखरा वा छिमेकी मुलुक भारत जानुपर्ने बाध्यता हट्ने छ।
त्रिभुवन विश्वविद्यालयबाट सञ्चालित यो कार्यक्रम ४ वर्षे अवधिमा ८ सेमेस्टरसहित स्नातक तह बराबरको हुनेछ।
प्रकाशित: १३ श्रावण २०८२, मंगलवार