ह्वावे भनेको टेलिकम सेक्टरको ‘पप्पु’ हो जसको विश्वसनियता छैन् -सांसद रामकुमारी झाँक्री

  • Technology Khabar | १२ माघ २०७५, शनिबार
ह्वावे भनेको टेलिकम सेक्टरको ‘पप्पु’ हो जसको विश्वसनियता छैन् -सांसद रामकुमारी झाँक्री

काठमाडौं ।

काठमाडौं । यो आजको विषयमा एमडी साबको प्रस्तुती र मन्त्री ज्यूको कुरा सुनियो सरसरर्ती। यसमा हाम्रो दुई तिनवटा विषयहरु छन् । नम्बर एक फोरजी सेवा बिस्तार गर्नको लागि आजको बजारमा नेपाल टेलिकमको एक्लो प्रतिस्पर्धी बिहिन स्थिती छ । अर्को कम्पनी एनसेलले गत वर्षदेखि २० २१ वटा शहरहरुमा फोरजी सेवा चलाईरहेको छ । मैले अहिले गूगलमा सर्च गरेर हेर्दा उसैले के भन्छ भन्दा २१ वटा शहरमा गत वर्ष शुरु गर्यो लाहान र धनगढीमा भर्खरै शुरु गर्यो । उसको भनाई हेर्दा टोटल पपुलेसनको १५ प्रतिशत कनेक्टेड छ भनेर उसको इन्फर्मेशनले दिन्छ । अर्कोतर्फ हाम्रो टेलिकमको हालत के छ भनेर हेर्दा अहिले एमडी साहेबले ६ लाखलाई सेवा दिईरहेको देखाउनुभयो । तर टेलिकमको बारेमा वेबसाइटमा जाँदा पनि खासै धेरै जानकारी पनि पाईँदैन् ।

मेरो दुईटा तीनवटा मात्रै कन्सर्न मात्र छ र जरुरी कन्सर्न भनेको २०७२ सालमा जतिबेला टेलिकमले फोरजी सेवा चलाउने बिजनेस प्लान ल्यायो, एकदमै सह्रानिय र एकदमै समय सापेक्ष र सहि समयको एउटा बजारलाई हन्ट गर्ने मेरो विचारमा त्यो प्लानिंग थियो । २०७२ सालको चैतमा निर्णय गरेपछि अहिले २०७५ सालको माघ महिना चलिरहेको छ, हामी अहिले टेण्डरको प्रकृया सबै काम सक्दैछौं । २०७२ देखि २०७५ सालसम्म ४ वर्ष एकलौटी बजार एउटा निजी सेवा प्रदायक टेलिकम कम्पनीलाई हामीले छोडेका छौं र उसले करिब ४० लाख पपुलेसनलाई फोरजी कनेक्ट गरेर आफ्नो ग्राहक बनाएर विभिन्न सेवा विभिन्न प्याकेज आकर्षक सेवा दिएर बसेको छ । यस्तो बेलामा तपाईँहरुले २०/२१ अर्बको २२ अर्बको फोरजी सेवा अपग्रेड गर्ने प्रोजेक्ट ल्याएर अहिले यो प्रोजेक्ट सफल हुन्छ ?

ह्वावेका अरु १० वटा प्रोजेक्ट त २०१३ मा सकिने भनेको रहेछ तर सकिएका छैनन् । यो मसँग लिस्ट नै छ ।

अहिले मन्त्री ज्यूले पनि भन्नुभयो कि २०२० सम्महाई स्पीड सेवा संचालन गर्ने कमिटमेन्ट छिमेकी मुलुक भारतले गरेको छ । मोदीको हाई स्पीड इण्डिया भन्ने नारा नै छ यसपटक, उनले विभिन्न समयदेखि बोलिरहेका छन् । ५जी इण्डियामा आउँदै गर्दा यसको प्रभाव नेपालमा पर्ने नै छ । हामी ओपन मार्केटमा छौं, खुला बजार निती अबलम्बन गरेको छ हाम्रो सरकारले । निजी क्षेत्रका टेलिफोन सेवा प्रदायक कम्पनीले ५जी संचालन गर्छु अनुमति देऊ भन्यो भने अनुमति सरकारले रोक्न मिल्दैन हामी त्यतिबेला त्यसलाई ५जी दिन्छौं । उसलाई जब ५जी दिन्छौं, तपाईँको टेलिकमले ३३ महिनामा फोरजी सेवा अपग्रेड गर्ने बिजनेस प्लान पेश गर्नु भएको छ र त्यसलाई तपाईँले १२ महिनामा ल्याउने भन्नुभएको छ, यो त गफै हो ।

ह्वावेका अरु १० वटा प्रोजेक्ट त २०१३ मा सकिने भनेको रहेछ तर सकिएका छैनन् । यो मसँग लिस्ट नै छ । सिडिएम अपग्रेड गर्ने कुरा भन्नुस्, अप्टिकल फाइबरका, सो मेनी, थुप्रै प्रोजेक्ट त सकिएका छैनन् । अहिले ह्वावेलाई टेलिकमको भाषामा फिजिकल कन्ट्रक्सनको ‘पप्पु’ भनेर चिनिदोँ रहेछ । जस्तो किसिमको हुन्छ त्यस्तै किसिमको चिनिन्छ । यस्तो कम्पनीलाई १२ महिनामा हुन्छ हामी एलओआई दिँदै छौं भनेर गफ गरिरहनुभएको छ । यी तपाईँका कुराहरु केहि पनि पत्याईँदैन् । यी निर्णयका श्रृंखलाहरुले देखाउँछ की कति डिलेमा भएको छ, कति बदनियपूर्ण छ ।

त्यसकारण यो १२ महिनामा पनि आउँदैन् । म ग्यारेन्टीका साथ यहिँ भन्छु की तपाईँहरुले १२ महिनामा फोरजी सेवा इन्स्टल गर्न सक्दै सक्नुहुन्न्, तपाईँहरुको तरिकाले ।

तुलना गरेर हेदौं । निजी क्षेत्रको टेलिकम कम्पनीले फोरजी सन् २०१८ को जनवरीमा शुरु गरेर २२ वटा २३ वटा शहरमा सेवा पुर्याईसक्यो, ४० लाखलाई सेवा दिईरहेको छ जसको लागत कष्ट ३ देखि अर्ब रुपैयाँ छ । तर तपाईँहरुले आफूले २जी, ३जी चलाईरहेको प्रविधिमा फोरजी अपग्रेड नगरेर नयाँ प्रोजेक्ट के उद्धेश्यका साथ ल्याउनुभयो ? यो २१ अर्बको नयाँ प्रोजेक्ट यो त २/३ अर्बमा अपग्रेड हुने प्रोग्राम तपाईँहरुले २२/२३ अर्बमा ल्याउनुको पछाडिको कारण के हो ? ९२ प्रतिशत सरकारी स्वामित्वमा रहेको टेलिकम रहेको बाहेक यसलाई सोच्न सकिन्छ ? सोच्न सकिँदैन् । त्यसकारण यो १२ महिनामा पनि आउँदैन् । म ग्यारेन्टीका साथ यहिँ भन्छु की तपाईँहरुले १२ महिनामा फोरजी सेवा इन्स्टल गर्न सक्दै सक्नुहुन्न्, तपाईँहरुको तरिकाले । अर्ब अर्को ३३ महिनामा तपाईँहरु २१ अर्ब रुपैयाँ लगाएर फोरजी सेवा बिस्तार गर्दै हुनुहुन्छ तर प्राइभेट कम्पनीले ५जी सेवा ल्याउँछ संसार भने यो स्पीडले कुदिरहेको छ ।

ग्लोबल प्लेटफर्ममा हाम्रा ग्राहकका आकर्षणहरु, हाम्रा चाहनाहरु, हाम्रा आवश्यकताहरु त्यहि अनुसार बढिरहेका हुन्छन् । यस्तो बेला टेलिकमलाई घरासायी बनाउने ठाउँमा तपाईँहरुले यो प्लान ल्याउनुभएको होकी के भन्न सकिन्छ । यदि १२ महिनामा नै पनि ल्याउनुभयो भनेपनि तपाईँहरुको फोरजी आउँदा एनसेलले एकलौटी बजाबाट कमाएको नाफाबाट कष्ट जिरोमा झार्छ । बजार हामीले बुझ्दैनौं र ?

बजारमा एक्लो हुँदा जतिपनि मूल्य राख्न सकिन्छ, जब प्रतिस्पर्धी आउँछ उसको बजार पनि लिनका लागि मूल्य घटाईदियो भने टेलिकममा आउँदै आउँदैनन् ग्राहकहरु । यसको राम्रो उदाहरण छ–केहि समय एनसेलले ट्वीटरमा डाटा चलाउन फ्रि गर्यो, म जस्ता धेरै देशभक्त भनिने मान्छेले पनि उसको सेवा चलायौं तर जब ट्याक्सको कुरा आयो, नो ट्याक्स नो सर्भिस भनेपछि हामीले त्यसको सीम बहिस्कार गर्यौं । त्यो बेला एउटा अभियान चलाएका थियौं ।

आज टेलिकमले प्राधिकरणसहितले एकलौटी एनसेललाई बजार दिने उसका ग्राहकहरुलाई सेभ गर्ने अनि त्यसपछि तपाईँहरुले अहिले आएर ३३ महिनाको लामो प्रोजेक्ट २१/२२ अर्बको प्रोजेक्ट ल्याएर प्रतिस्पर्धा गर्छौं, उँभो लाग्छ भन्नुभएको छ । यो तपाईँहरुले गर्न सक्दै सक्नुहुन्न् ।

प्रतिस्पर्धी कम्पनीले ३ अर्ब भन्दा थोरैमा अपग्रेड गरेको फोरजी तपाईँहरुले २१ अर्बमा डिजाइन किन गर्नुभयो ?

यहाँ वाईडबढी २४ अर्बको हो, २४ अर्बमा दुईवटा जहाज आए, यहाँ यति धेरै आनका तान भएको छ । तपाईँ २१ अर्बको प्रोजेक्ट खर्च गर्दैगर्दा तपाईँको हातमा कति आम्दानी आउँछ, खोई बिजनेस प्लान ? यो गर्न पाईन्छ ? राज्यको सम्पत्ति त्यसै दुरुपयोग गर्न पाईन्छ ? त्यसकारण यसो गर्न पाईँदैन् । तपाईँहरुले जहाँ पुर्याएको भएपनि यो प्रकृया स्टप गरेर नयाँ प्रकृयामा नजानुको हामी विकल्प देख्दैनौं । आखिर तपाईँहरुको नेपाल टेलिकमलाई उभोँ लाउने एकदमै राम्रो इन्टेन्सन हुने हो भने त अपग्रेड पनि हुन्छ होला फोरजी ? फोरजी अपग्रेड हुने हो भने र तपाईँले भनेजस्तो खरिद ऐन अनुसार फोरजी अपग्रेड नेगोसिएसनमा हुँदैन् ।

मेरो एउटा मात्रै प्रश्न अबको १२ महिनामा यो फोरजी संचालन गर्न सक्नुहुन्छ भन्ने कसरी ग्यारेन्टी गर्न सक्नुहुन्छ ? प्रतिस्पर्धी कम्पनीले ३ अर्ब भन्दा थोरैमा अपग्रेड गरेको फोरजी तपाईँहरुले २१ अर्बमा डिजाइन किन गर्नुभयो ? प्रतिस्पर्धी कम्पनीले एकलौटी कब्जा गरेर कमाएको छ र २१ अर्ब अबको महिना नजोडिकन तपाईँहरु कसरी उठाउनुहुन्छ ? त्यसको घाटाको त्यसको पूर्ति कसले गर्छ ? यो कुराको कुनै ग्यारेन्टी छैन् ।

तपाईँहरुको यो काम गर्ने तरिकाले यो निर्णय गर्दा टेलिकम घाटामा मात्रै होईन यो टाट उल्टाउने काम हो, केहि व्यक्ति मोटाउने काम मात्रै हो ।

त्यसकारण यो अवस्थाको विभिन्न सन्दर्भले पनि के देखाउँछ भने यो प्रोजेक्ट नेपालको सन्दर्भमा रिलायबल छैन् । यो आवश्यक थियो, २०७२ मा एकदमै ठूलो कुरा सोचिएको थियो र रिलायबल थियो । तर अहिले २०७५ सालमा सूचना प्रविधिमा आएको उतार चढाव र क्रान्ति र तपाईँहरुको यो काम गर्ने तरिकाले यो निर्णय गर्दा टेलिकम घाटामा मात्रै होईन यो टाट उल्टाउने काम हो, केहि व्यक्ति मोटाउने काम मात्रै हो ।

यसको बारेमा विकल्प के हुन सक्ला भने २०२० सम्ममा भारतमा जब ५जी आउँछ २०२१ को प्लानिंग गरेर ५जी अपग्रेड गरेर आज ‘वेल’ प्लान ल्यायौं भने बुद्धिमत्तापूर्ण काम हुनेछ र सूचना तथा संचार मन्त्रालयको टिमले वाहवाही र स्याबासी त्यतिबेला पाउनेछ । यो आउटडेटेड प्रोजेक्ट, यो सेतो हात्ती र त्यति धेरै खर्च, ब्याज पनि उठाउन नसक्ने यो प्रोजेक्टका बिचबाट तपाईँहरुले यो काम गर्न सक्नुहुन्न् । र २१ अर्बको यो प्रोजेक्ट रिलायलबल छैन् ।

त्यस्तै ह्वावेको सन्दर्भमा के गर्ने भन्नुभएको छ । त्यसका ९/१० वटा प्रोजेक्ट खोई सकेको ? त्यसलाई कसले लगाम लगायो त ?

म बिजनेस नबुझ्ने मान्छे हुँ, म त बिजनेस भित्रको अलिअलि राजनीति मात्र बुझ्दछु तर बिजनेस बुझ्ने मानिस ल्याएर पनि यो प्रोजेक्ट उपयुक्त हो भन्ने दुईजना मानिस मात्रै ल्याउनु भो भने हाम्रो समितिलाई गलत साबित गरिदिनुस् । त्यस्तै ह्वावेको सन्दर्भमा के गर्ने भन्नुभएको छ । त्यसका ९/१० वटा प्रोजेक्ट खोई सकेको ? त्यसलाई कसले लगाम लगायो त ? एउटैले थुप्रै टेण्डर पार्न सक्दछ तर काम गरेर विश्वसनियता आर्जन गरेको छैन ।

(संघिय संसदको अर्थ समितिमा शुक्रबार नेपाल टेलिकमको फोरजी सेवा बिस्तार र लागत बारेको छलफलमा व्यक्त गरेको विचार ।)

प्रकाशित: १२ माघ २०७५, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...