२.५ घण्टाको विश्वव्यापी अवरोध पछि स्टारलिङ्क पुनः सेवामा आयो

  • Technology Khabar | ९ श्रावण २०८२, शुक्रबार
२.५ घण्टाको विश्वव्यापी अवरोध पछि स्टारलिङ्क पुनः सेवामा आयो

काठमाडौं ।

अर्बपति इलन मस्कको स्टारलिङ्क सेवा साढे दुई घण्टाको अवरोध पछि अब पुनर्स्थापित भएको छ। १५० मिनेटसम्मको लामो विश्वव्यापी अवरोधपछि इलन मस्कको स्याटेलाइट कनेक्सन फेरि अनलाइन भएको उल्लेख गरिएको छ।

आन्तरिक सफ्टवेयर समस्याको कारणले सेवा बन्द भएको स्पेसएक्सले बताएको छ।

युक्रेनी ड्रोन फोर्सका कमाण्डर रोबर्ट ब्रोभ्दीले सिङ्गनल (संकेत) पुनर्स्थापित भएको पुष्टि गरेका छन्। उनले यस्ता अवरोधहरू खतरनाक हुने र फ्रन्ट लाइनलाई विविध सञ्चार च्यानलहरू चाहिने कुरामा जोड दिएका छन्।

युक्रेनमा मात्र सीमित नभइ विश्वव्यापी रुपमा स्टारलिङ्कको सेवामा अवरोध आएको टेलीग्राफले रिपोर्ट गरेको।

प्रकाशित: ९ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार