Technology Khabar ९ श्रावण २०८२, शुक्रबार
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले आफूबाट सम्बन्धन पाएका पूर्वका केही निजी कलेजहरुमा शैक्षिक बर्ष २०८२/८३ मा बी टेक (फूड टेक्नोलोजी) शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना गर्न नदिने निर्णय गरेको छ।
कार्यालयले आज एक सूचना प्रकाशित गरी विराट मल्टिपल कलेज विराटनगर, धरान बहुमुखी क्याम्पस धरान, निलगिरी कलेज सुनसरी तथा नागरिक कलेज नवलपरासीले शैक्षिक वर्ष २०८१/८२ मा त्रि.वि. नियम विपरित आफुखुशी अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षामा सामेल नै नभएका विद्यार्थीहरुलाई भर्ना गरेको पाइएकोले यसपटक त्यस्तो नहोस् भन्नका लागि भर्ना कार्यक्रम रोक्ने निर्णय गरेको हो।
‘त्रि. वि. नियमलाई अवज्ञा गरी नियम विपरित विद्यार्थी भर्ना गरेका ती कलेजहरुमा शैक्षिक बर्ष २०८२/०८३ मा उक्त बी टेक (फूड टेक्नोलोजी) शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना गर्न नदिने मिति २०८२।०४।०६ गते बसेको अध्ययन संस्थानको विद्यापरिषद् स्थायी समितिको बैठकबाट निर्णय भएकोले सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ, सूचनामा भनिएको छ।
प्रकाशित: ९ श्रावण २०८२, शुक्रबार