अमेरिकी प्रतिबन्धका बावजूद १ अर्ब डलर बराबरको एनभिडिया एआई चिप चीन भित्रियो: रिपोर्ट

Technology Khabar ९ श्रावण २०८२, शुक्रबार

काठमाडौं ।

एनभिडियाका कम्तीमा १ अर्ब डलर बराबरका उच्च प्रविधियुक्त कृत्रिम बुद्धिमत्ता चिप्सहरू वाशिंगटनले निर्यात नियन्त्रण कडा बनाएपछि तीन महिनाभित्र चीन तस्करी गरिएको फाइनान्सियल टाइम्सले बिहीबार जनाएको छ।

रिपोर्टअनुसार चीनमा बिक्री गर्न प्रतिबन्धित अमेरिकी चिप्स एनभिडियाको उच्चस्तरीय बी२०० प्रोसेसर अवैध चिनियाँ बजारमा सहजै उपलब्ध छन्। यो जानकारी बिक्री सम्झौता, कम्पनीका कागजातहरू र सो कारोबारको प्रत्यक्ष जानकारी भएका व्यक्तिहरूलाई उद्धृत गर्दै दिइएको हो।

तस्करी भएका उत्पादनबाट डाटा सेन्टर बनाउनु प्रविधिको हिसाबले पनि, आर्थिक हिसाबले पनि अव्यवहारिक हुने एनभिडियाले रोयटर्सलाई बताएको छ किनभने कम्पनीले केवल आधिकारिक उत्पादनहरूमा मात्र सेवा र सहयोग दिन्छ।

अमेरिकी वाणिज्य विभाग, ह्वाइट हाउस र थाई सरकारले यसबारे टिप्पणी गर्न तत्काल प्रतिक्रिया दिएका छैनन्। रोयटर्सले फाइनान्सियल टाइम्सको रिपोर्ट स्वतन्त्र रूपमा पुष्टि गर्न सकेन। रिपोर्ट अनुसार मे महिनामा धेरै चिनियाँ वितरकहरूले बी२०० चिप्स चिनियाँ एआई समूहहरूलाई सेवा दिने डाटा सेन्टर आपूर्तिकर्ताहरूलाई बेचना थालेका थिए।

अमेरिका र चीन विश्वमै एआई र अन्य अत्याधुनिक प्रविधिहरूमा अग्रता हासिल गर्ने प्रतिस्पर्धामा छन्, जसका कारण एनभिडियाजस्ता कम्पनीहरूलाई यी दुई प्रमुख अर्थतन्त्रबीच सन्तुलन कायम गर्न गाह्रो भइरहेको छ।

गएको हप्ता एनभिडियाले ट्रम्प प्रशासनले एच२० जस्ता चिप्सको बिक्रीमा लगाइएको निर्यात प्रतिबन्ध उल्टाएपछि कम्पनीलाई फेरि चीनमा बिक्री गर्न अनुमति दिइने बताएको थियो। ती प्रतिबन्धहरू अप्रिलमा लगाइएको थियो।

त्यसअघिको तीन महिनामा, गुआन्डोङ, झेजियाङ र आनहुई प्रान्तका चिनियाँ वितरकहरूले एनभिडियाका बी२०० चिप्स र अन्य प्रतिबन्धित प्रोसेसरहरू जस्तै एच१०० र एच२०० समेत बेचेका रिपोर्टमा भनिएको छ। उद्योग विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्टले दक्षिणपूर्वी एसियाली देशहरू त्यस्ता बजार बनेका बताएङ्को छ जहाँ चिनियाँ समूहहरूले प्रतिबन्धित चिप्स प्राप्त गरेका छन्।

रिपोर्ट अनुसार, अमेरिकी वाणिज्य विभागले थाइल्याण्डजस्ता देशहरूमा उच्च प्रविधियुक्त एआई उत्पादनहरूमा सेप्टेम्बरसम्म थप निर्यात प्रतिबन्ध लगाउने विषयमा छलफल गरिरहेको छ।

प्रकाशित: ९ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया