अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स दौड जित्नेछः अमेरिकी राष्ट्रपति ट्रम्प

Technology Khabar ९ श्रावण २०८२, शुक्रबार

अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स दौड जित्नेछः अमेरिकी राष्ट्रपति ट्रम्प
सांकेतिक तस्बिर

काठमाडौं ।

अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) दौड “जित्नेछ” भनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन्। साथै अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले आफ्नो एआई कार्य योजना अनावरण गरेको छ।

वातावरणीय नियमहरू खुकुलो पार्दै, विदेशमा प्रविधिहरूको बिक्रीलाई व्यापक रूपमा विस्तार गर्दै इनर्जि–इन्टेन्सिभ डाटा सेन्टरहरूको निर्माणलाई तीव्र पार्न यो नयाँ योजना डिजाइन गरिएको हो भनि स्काईन्यूजले उल्लेख गरेको छ।

९० ओटा सिफारिसहरू समावेश गर्ने यो योजना अमेरिकाले चीनमाथि आफ्नो अग्रता कायम राख्ने प्रयासको रुपमा आएको बताइएको छ। दुवै महाशक्तिहरूले आर्थिक र सैन्य श्रेष्ठता सुनिश्चित गर्न उद्योगमा ठूलो लगानी गरिरहेका छन्।

राष्ट्रपति ट्रम्पले अमेरिकी एआई सफ्टवेयर र हार्डवेयर विदेशमा निर्यात गर्न आह्वान गरेका छन् भने उद्योगलई फस्टाउनबाट रोक्न सक्ने र बाधाको रूपमा रहेको “रेड टेप” लाई हटाउन माग गरेका छन्।

“संयुक्त राज्य अमेरिका कृत्रिम बुद्धिमत्ता दौड सुरु गर्ने देश हो। र राष्ट्रपतिको रूपमा, म आज यहाँ संयुक्त राज्य अमेरिकाले यसलाई जित्नेछ भनेर घोषणा गर्न आएको छु” वाशिंगटनमा गरिएको भाषणमा ट्रम्पले भने।

“चीनसँगको प्राविधिक हतियार दौड २१ औं शताब्दीलाई परिभाषित गर्ने युद्ध हो” भनि उनले थप बताएको उल्लेख गरिएको छ।

“हामीलाई भविष्यमा यो उद्योगलाई नियमन गर्ने ५० फरक राज्यहरू होइन, एउटै संघीय मापदण्ड पनि चाहिन्छ” राष्ट्रपति ट्रम्पले थप बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ९ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया