विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’ गाउँपालिका

  • Technology Khabar | ७ श्रावण २०८२, बुधबार
विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’ गाउँपालिका
सांकेतिक तस्बिर

काठमाडौं ।

भोजपुरको पौवादुङमा गाउँपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ। गाउँपालिकामा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ १२ विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिन लागिएको हो।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) सुम्निमा बहुप्राविधिक शिक्षालयमा भोजपुरमा अध्ययनका लागि विद्यार्थीको आवेदन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए।

गाउँपालिकाले तीनवर्षे सिभिल इञ्जिनियरिङ, कृषि तथा पशु विज्ञान र कृषि बाली विज्ञान डिप्लोमा तह अध्ययनका लागि १२ विद्यार्थीलाई अनुदानको व्यवस्था गरेर आवेदन माग गरेको हो।

गाउँपालिकाभित्रका गरिब तथा जेहेन्दार विद्यार्थी आर्थिक अभावमा प्राविधिक शिक्षा पढ्नबाट वञ्चित नबनुन् भनेर शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा पढाउन लागिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए।

यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरेर गाउँपालिकाले अनुदानको व्यवस्था गरेको हो।

“अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो”, उनले भने, “आर्थिक अभावमा विद्यार्थी गुणस्तरीय शिक्षा लिनबाट वञ्चित नहुन् भनेर विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा प्रदान गर्दैछौँ। यहीँ नै आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य हो।”–रासस

प्रकाशित: ७ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ७ श्रावण २०८२, बुधबार