बेलायतले तयार पार्यो सबैभन्दा शक्तिशाली सुपर कम्प्युटर

  • Technology Khabar | ५ श्रावण २०८२, सोमबार
बेलायतले तयार पार्यो सबैभन्दा शक्तिशाली सुपर कम्प्युटर

काठमाडौं ।

बेलायतको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटर ब्रिस्टोलमा पूर्ण रूपमा सञ्चालनमा आएको छ।

सरकारले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) योजनाहरू अनावरण गरेपछि प्रविधि सचिव पिटर काइलले इसाम्बार्ड–एआई मेसिनलाई “सञ्चालन” गरेको बताइएको छ।

क्याम्ब्रिजको डन नामक मेसिनसँगै यो कम्प्युटर बेलायतमा एआईको सार्वजनिक कम्प्युटिङ क्षमताको हिस्सा बन्ने भएको छ।

यसको उद्देश्य भनेको सार्वजनिक परियोजनाहरूमा सुपर कम्प्युटर प्रयोग गरेको बताइएको छ। एआई ऊर्जा खपतको लागि परिचित भए पनि सार्वजनिक परियोजनाहरू जस्तै एनएचएस प्रतीक्षा सूची घटाउने र जलवायु परिवर्तनलाई सम्बोधन गर्न नयाँ उपकरणहरू विकास गर्ने जस्ता कार्यमा सुपर कम्प्युटर प्रयोग गरिने छ।

यसका साथै, सरकारले स्कटल्याण्ड र वेल्स तथाकथित एआई ग्रोथ जोनमा अर्बौं डलरको लगानीको लागि लाइनमा हुनेछन् भनि घोषणा गरेको छ।

इसाम्बार्ड–एआई कम्प्युटरको एक भाग जनवरीमा खोपहरू विकास गर्न चिकित्सा परियोजनाको लागि प्रयोग गरिएको थियो भने तर अब यसलाई पूर्ण रूपमा स्विच गरिएको छ।

नामले सुझाव दिए जस्तै, सुपर कम्प्युटरमा बढी प्रोसेसिङ शक्ति हुन्छ र कम शक्तिशाली कम्प्युटर भन्दा छिटो ङपमा धेरै कार्यहरू गर्न सक्छ।

नियमित कम्प्युटरहरू जस्तै बाइनरी ढाँचामा डाटा प्रोसेस गरे पनि यसले उच्च गतिमा थप डाटा विश्लेषण गर्न हजारौं प्रोसेसिङ युनिटहरू प्रयोग गर्दछ।

डनसँगै मिलेर, सुपर कम्प्युटरहरूले बेलायतको “एआई रिसर्च रिसोर्स” बनाउने र सार्वजनिक परियोजनाहरूको लागि उपलब्ध हुने बताइएको छ। यद्यपि तिनीहरूले कम्प्युटिङ पावरलाई संयोजन नगर्ने थप उल्लेख गरिएको छ।

त्यसैगरी भविष्यमा अन्य सुपर कम्प्युटरहरू समावेश हुन सक्ने यो स्रोतलाई आगामी पाँच वर्षमा २० गुणा विस्तार गरिने सरकारले घोषणा गरेको छ।

सरकारले दस लाख विद्यार्थीहरूलाई एआईमा तयार र तालिम दिइरहेको र आगामी महिना र वर्षहरूमा ७५ लाख मानिसहरूलाई फराकिलो अर्थतन्त्रमा तालिम दिइने रिपोर्ट गरिएको छ।

यसको विपरीत, इसाम्बार्ड–एआईले ह्युलेट–प्याकार्ड प्रविधिसहित ५,४०० भन्दा बढी एनभिडिया जीएच२०० ग्रेस हपर सुपरचिप्स प्रयोग गर्दछ भने डनले डेल प्रविधिसँगै १,००० भन्दा बढी इन्टेल चिप्स प्रयोग गर्दछ।

यो सुपर कम्प्युटर ब्रिस्टोल विश्वविद्यालयले निर्माण गरेको र सार्वजनिक पैसा प्रयोग गरेर भुक्तानी गरिएको बताइएको छ।

यो हालै विश्वका ५०० सबैभन्दा शक्तिशाली र व्यावसायिक रूपमा उपलब्ध कम्प्युटरहरूको सूचीमा ११ औं स्थानमा आउन सफल भएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ५ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...