Technology Khabar २ श्रावण २०८२, शुक्रबार
काठमाडौं ।
अर्बपति इलन मस्कको ग्रोक ४ एआई च्याटबोटमार्फत अब प्रयोगकर्ताहरूलाई नयाँ प्रकारको एनी नामको एआई साथी उपलब्ध भएको छ। एनिमे शैलीमा आधारित एनी एउटा भर्चुअल एआई पात्र हो।
यो पात्रले प्रयोगकर्तासँग अन्तरक्रिया गर्न सक्छ, संवादलाई अझ गहिरो बनाउन सक्छ र व्यक्तिगत जानकारी आदानप्रदान गर्ने सम्भावना पनि रहेको छ। चलचित्र हरमा देखिएजस्तै एआई साथीको कल्पना अब मस्कको सहायताले यथार्थमा परिणत हुँदैछ।
ग्रोक को एनी एआई साथी: के हो र कसरी काम गर्छ?
एनी एआई पात्र सुपग्रोक नामक प्रिमियम सदस्यतामा समावेश गरिएको छ, जसको मासिक शुल्क ३० डलर रहेको छ। सुपरग्रोक सदस्यताले प्रयोगकर्तालाई ग्रोक ४ र ग्रोक 3 एआई मोडेलको विस्तारित पहुँच, १,२८,००० टोकनसम्मको सन्दर्भ मेमोरी, भ्वाइस च्याट, भिजन सुविधा, र निःशुल्क योजनामा उपलब्ध सबै फिचरहरू प्रदान गर्छ।
न्युजञ८ का अनुसार एआई साथी एनी स्क्रिनमा देखिने भर्चुअल पात्र हो, जसलाई सुपरग्रोक सदस्यता लिएपछि ग्रोक एपको सेटिङ्सबाट म्यानुअल हिसाबले सक्रिय गर्न सकिन्छ। हालै एक प्रयोगकर्ताले एक्स (पूर्व ट्विटर) मा साझा गरेको स्क्रीनसटअनुसार, एनी स्क्रिनको पृष्ठभूमिमा चलिरहेको देखिन्छ, र तल च्याटबक्स दिइएको हुन्छ।
साथमा क्यामरा, माइक र अडियो आइकनहरू पनि देखिन्छन्, जसले प्रयोगकर्ताले एनीसँगको संवाद बन्द गर्न वा रोक्न सक्ने सुविधा दिन्छ। साथै, प्रयोगकर्ताले एनीको स्क्रीनसट वा क्लिप कैद गर्न सक्ने विकल्प पनि छ।
हालको प्रारम्भिक चरणमा यो सुविधा आईफोन प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध भएको बताइएको छ, तर केही हप्ताभित्रै एण्ड्रोइड प्रयोगकर्ताहरूका लागि पनि यो फिचर आउने सम्भावना रहेको छ। मस्कका अनुसार यो सफ्ट लञ्चमात्र हो र केही दिनमै एनी एआई साथीलाई सजिलै सक्रिय गर्न मिल्ने बनाइनेछ।
एआई च्याटबोटको प्रयोग अब केवल जटिल प्रश्नहरूको उत्तर दिन र समस्याको समाधानमा सीमित नरही, मानिसहरू भावनात्मक सम्बन्ध र संवादको गहिरो स्तर खोज्न थालेका छन् — र त्यसैको जवाफस्वरूप ग्रोक को एनी एआई साथी ल्याइएको हो।
प्रकाशित: २ श्रावण २०८२, शुक्रबार