Technology Khabar १ श्रावण २०८२, बिहीबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले अनधिकृतरुपमा एसएमएस टर्मिनेट नगर्न सबैलाई सचेत गराएको छ।
दूरसञ्चार क्षेत्रको नियामक निकायले सार्वजनिक सूचना जारी गर्दै अनुमतिपत्र सेवा प्रदायकहरुको नेटवर्क प्रयोग गरी अनधिकृत एस.एम.एस. प्रवाह भईरहेको भन्दै त्यस्तो कार्य रोक्न चेतावनी दिएको छ।
फ्रिक्वेन्सी, सेवा गुणस्तर तथा सेवा प्रवाह अनुमगन शाखाले दूरसञ्चार ऐन, २०५३ बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभुत दूरसञ्चार सेवा, अन्तर्राष्ट्रिय ट्रंक टेलिफोन सेवा (आईएलडी) र आधारभुत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त संस्थाहरूलाई मात्र नेपालमा अन्तर्राष्ट्रीय आगमन एस.एम.एस. टर्मिनेट (SMS) Terminate) गर्न अनुमति प्रदान गरिएकोमा सो बाहेकका अन्य संस्थाहरुबाट समेत अन्तर्राष्ट्रिय आगमन ‘एप्लिकेसन टू पर्सन (ए२पी) एसएमएस टर्मिनेट (Application to Person (A2P) SMS Terminate)’ गरी प्राधिकरणबाट अनुमतिपत्र सेवा प्रदायकहरुको नेटवर्क प्रयोग गरी एस.एम.एस. प्रवाह भैरहेको बुझिन आएको उल्लेख गरेको छ।
यस्ता कार्य नगर्न, नगराउन भन्दै गरिएमा प्रचलित कानुन बमोजिम यस्ता क्रियाकलापमा संलग्न व्यक्ति/संस्थाहरूलाई नियमानुसारको कारवाही गरिने जनाएको छ।
प्रकाशित: १ श्रावण २०८२, बिहीबार