गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स नेपालपे कार्डमा आवद्ध

  • Technology Khabar | ३० असार २०८२, सोमबार
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स नेपालपे कार्डमा आवद्ध

काठमाडौं ।

गुहेश्वरी मर्चेन्ट बै‌ंकिङ्ग एण्ड फाइनान्स र एनसीएचएल बीच नेपालपे कार्ड (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।

एनसीएचएलले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई, विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ। NPS–NCS र NEPALPAY Card  को कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पुर्याउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: ३० असार २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार