माइक्रोसफ्टले विण्डोज डिभाइस प्रयोगकर्तालाई भन्यो- एन्ड्रोयड वा आइओएस चलाऊ

  • Technology Khabar | ६ माघ २०७५, आईतवार
माइक्रोसफ्टले विण्डोज डिभाइस प्रयोगकर्तालाई भन्यो- एन्ड्रोयड वा आइओएस चलाऊ

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी माइक्रोसफ्टले आफ्ना विण्डोज फोनका प्रयोगकर्ताहरुलाई त्यसको साटो एन्ड्रोयड वा आइओएस डिभाइसहरु किन्नका लागि सुझाव दिएको छ ।

यस्तो सुझाव दिनुको पछाडिको कारणमा आफ्ना विण्डोज फोनहरुमा अपडेट दिन बन्द गर्ने भएको हो ।

कम्पनीले विण्डोज १०मा आधारीत मोबाइल सपोर्ट पनि बन्द गर्ने भएको छ । आफ्नो एण्ड अफ सर्पो पेजमा कम्पनीले युजर्ससँग विण्डोज १० (Windows 10 OS) मोबाइलहरुमा १० डिसेम्बरदेखि नयाँ सिक्योरिटी अपटेड प्राप्त गर्न बन्द जानकारी दिएको छ ।

कम्पनीले आफ्नो सपोर्ट पेजमा लेखेको छ, ‘विण्डोज १० मोबाइल ओएसका सपोर्ट बन्द गर्नुका साथै हामी ग्राहकहरुलाई एन्ड्रोयड वा आईओएस डिभाइस खरिदका लागि सिफारिस गर्दछौं, जसमा उनीहरुलाई सपोर्ट प्राप्त होस् ।’

‘माइक्रोसफ्टको मिशन प्रत्येक व्यक्ति तथा प्रत्येक संगठनलाई अझ धेरै प्राप्त गर्नका लागि सशक्त बनाउने हो, जून हामी ती प्लेटफर्महरु तथा डिभाइसहरुमा सपोर्ट उपलब्ध गराउनका लागि प्रेरित गर्दछ,’ कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीकाअनुसार आफ्नो भर्चुअल असिस्टेन्ट कोर्टाना अब अमेजनको एलेक्सा र गूगलको असिस्टेन्टसँग सिधै प्रतिस्पर्धा हुनेछैन् ।

प्रकाशित: ६ माघ २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार