केन्द्रीय बैंक डिजिटल मुद्राको प्रारूप तयार पारिने

  • Technology Khabar | २७ असार २०८२, शुक्रबार
केन्द्रीय बैंक डिजिटल मुद्राको प्रारूप तयार पारिने

काठमाडौं ।

सरकारले केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) को प्रारूप तयार गर्ने काम अगाडि बढाउने भएको छ।

आज आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजिक गर्ने क्रममा गभर्नर डा विश्व पौडेलले केन्द्रीय बैंक विद्युतीय मुद्रासम्बन्धी अध्ययनका आधारमा समग्र अध्ययन प्रतिवेदन तयार गरी छलफलको क्रममा रहेको बताउँदै केन्द्रीय बैंक डिजिटल मुद्रा सीबीडीसीको प्रारूप तयार गर्ने कामलाई अगाडि बढाइने बताएका हुन्।

यसबाहेक व्यावसायिक शिक्षा तथा अन्य आन्तरिक रूपमा अध्ययन गर्ने चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि, एकाउन्टिङ जस्ता व्यावहारिक शिक्षा आर्जनको लागि ऋण उपलब्ध गराउन नेपाल सरकारले लिएको नीति तथा कार्यक्रमको आधारमा आवश्यक सहजीकरण गरिने पनि उनले बताए।

‘एकीकृत निर्देशन २०८१ को इ.प्रा. १७ को ३ (छ) मा “ माध्यमिक) तथा उच्च माध्यमिक तहसरहको प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनको लागि विपन्न परिवारका युवाहरूलाई बैंक तथा वित्तीय संस्थाहरूबाट बिना धितोमा प्रवाह हुने रु. २ लाखसम्मको कर्जा” भन्ने व्यवस्थालाई विपन्न वर्ग कर्जामा गणना गर्ने गरी बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कर्जा प्रवाह गर्नसक्ने व्यवस्था रहेको’ मौद्रिक नीतिमा उल्लेख छ।

सम्बन्धित समाचार

डिजिटल बैंक स्थापनाको कानूनी बाटो खोल्दै सरकार, डिजिटल मुद्रा समेत ल्याउने योजनामा

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधिको बुँदा ( ३ को (क) मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागि रु. २ लाखसम्म कर्जा प्रवाह गर्ने व्यवस्था रहेको पनि नीतिमा समावेश गरिएको छ।

प्रकाशित: २७ असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal signs loan agreement with ADB for digital transformation

  • Technology Khabar
  • २७ असार २०८२, शुक्रबार