ओपनएआईले वेब ब्राउजरमा काम गरिरहेको खुलासा, गुगल क्रोमको लागि कडा प्रतिस्पर्धी हुने

Technology Khabar २८ असार २०८२, शनिबार

काठमाडौं ।

ओपनएआई आफ्नो आर्टिफिशियल इन्टेलिजेन्स–पावर्ड (कृत्रिम बुद्धिमत्ता–संचालित) वेब ब्राउजरको लन्चको नजिक पुगेको छ। यसको लन्चसँगै ओपनएआईको वेब ब्राउजर अब बजारमा प्रभुत्व जमाउने गुगल क्रोम वेब ब्राउजरको लागि कडा प्रतिस्पर्धी हुने भएको छ।

यो ब्राउजर आगामी हप्ताहरूमा लन्च हुने अपेक्षा गरिएको छ भन्दै यस बारेमा जानकार तीन व्यक्तिहरूले रोयटर्सलाई बताएको उल्लेख गरिएको छ। र यसले उपभोक्ताहरूले वेब ब्राउज गर्ने तरिकालाई मौलिक रूपमा परिवर्तन गर्न आर्टिफिशियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) प्रयोग गर्ने लक्ष्य राखेको बताइएको छ।

यसले ओपनएआईलाई प्रयोगकर्ता डाटामा आधारित गुगलको सफलतामा थप प्रत्यक्ष पहुँच दिनेछ भन्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

यदि च्याटजीपीटीका ४० करोड साप्ताहिक सक्रिय प्रयोगकर्ताहरूले यसलाई अपनाएको खण्डमा भने, ओपनएआईको ब्राउजरले प्रतिद्वन्द्वी गुगलको विज्ञापन आम्दानी स्ट्रिमको एक प्रमुख कारकमा दबाब दिन सक्ने उल्लेख गरिएको छ।

क्रोमले अल्फाबेटलाई विज्ञापनहरूलाई अझ कुशलतापूर्वक र लाभदायक रूपमा लक्षित गर्न मद्दत गर्न प्रयोगकर्ताहरूको बारेमा जानकारी प्रदान गर्दछ भने यसले गुगललाई यसको पूर्वनिर्धारित ब्राउजरमा सर्च ट्राफिक चलाउने तरिका पनि प्रदान गर्ने गरेको छ। त्यसैले क्रोम अल्फाबेटको विज्ञापन व्यवसायको एक प्रमुख स्तम्भ भएको र क्रोमले कम्पनीको आम्दानीको लगभग तीन–चौथाई हिस्सा ओगटेको बताइएको छ।

ओपनएआईको ब्राउजर वेबसाइटहरू मार्फत क्लिक गर्नुको सट्टा च्याटजीपीटी जस्तै च्याट इन्टरफेस भित्र केही युजर इन्टरएक्सनहरू राख्न डिजाइन गरिएको छ भनी दुई स्रोतहरूले जानकारी दिएका छन्।

त्यसैगरी यो ब्राउजर ओपनएआईको सेवाहरू मार्फत उपभोक्ताहरूको निजी र व्यावसायिक जीवनमा प्रवेश गर्ने फराकिलो रणनीतिको एक हिस्सा भएको एउटा स्रोतले बताएको छ।

ओपनएआईले धेरै काम गर्न बाँकी रहेको छ र तीन अर्ब भन्दा बढी मानिसहरूले प्रयोग गर्ने गुगल क्रोमले हाल विश्वव्यापी ब्राउजर बजारको दुई तिहाइ भन्दा बढी ओगटेको वेब एनालिटिक्स फर्म स्ट्याट काउन्टरले जानकनरी प्रदान गरेको छ।

दोस्रो स्थानमा रहेको एप्पलको सफारी १६ प्रतिशत हिस्साको साथ धेरै पछाडि रहेको छ। गत महिना, ओपनएआईले च्याटजीपीटीको लागि तीस लाख भुक्तानी गर्ने व्यावसायिक प्रयोगकर्ताहरू रहेको घोषणा गरेको छ।

द ब्राउजर कम्पनी र ब्रेभ जस्ता अन्य एआई स्टार्टअपहरूले यस वर्ष एआई–संचालित ब्राउजरहरूको घोषणा गरेका छन् जुन प्रयोगकर्ताको तर्फबाट कार्यहरू गर्न सक्षम हुनेछन्। आफ्नो सर्च इन्जिनको लागि परिचित र राम्रोसँग वित्त पोषित स्टार्टअप परप्लेक्सिटीले पनि बुधबार आफ्नो एआई ब्राउजर कमेट लन्च गरेको छ।

अल्फाबेटको लागि विज्ञापनहरूलाई अझ प्रभावकारी र लाभदायक रूपमा लक्षित गर्न मद्दत गर्न प्रयोगकर्ता जानकारी प्रदान गर्ने क्रोमको भूमिका यति सफल साबित भएको छ कि गत वर्ष एक अमेरिकी न्यायाधीशले मूल कम्पनी गुगलको अनलाइन खोजमा अवैध एकाधिकार रहेको फैसला गरेपछि न्याय विभागले यसलाई हटाउन खोजेको थियो।

ओपनएआई ब्राउजर क्रोमियममा निर्मित रहेको बताइएको छ जुन गुगलको खुला स्रोत ब्राउजर कोड हो भनी आर्को स्रोतले बताएको उल्लेख गरिएको छ। क्रोमियम गुगल क्रोमको साथै माइक्रोसफ्टको सहित धेरै प्रतिस्पर्धी ब्राउजरहरूका लागि स्रोत कोड भएको बताइएको छ।

गत वर्ष, ओपनएआईले लामो समयदेखि गुगलमा आवद्ध दुई उपाध्यक्षहरूलाई नियुक्त गरेको थियो र उनीहरु गुगल क्रोम विकास गर्ने मूल टोलीको हिस्सा भएको उल्लेख गरिएको छ।

प्रकाशित: २८ असार २०८२, शनिबार

तपाइको प्रतिक्रिया