Technology Khabar २७ असार २०८२, शुक्रबार
काठमाडौं ।
मोबाइल एपबाटै भ्रमण प्याकेज र सस्तोमा हवाई टिकट उपलब्ध गराउने ‘जिओ फ्लाइट’ सञ्चालनमा आएको छ।
एउटै प्लेटफर्मबाट हवाई टिकटदेखि विभिन्न भ्रमण प्याकेज उपलब्ध गराउने उद्देश्यसहित जोय ग्रुपले उक्त एप सञ्चालनमा ल्याएको जिओ फ्लाइटका प्रबन्ध निर्देशक रमेश पौडेलले जानकारी दिए।
एपले उपभोक्ता र हवाई सेवा प्रदायकबिचको दुरी घटाउने उनले बताए। जिओ फ्लाइटबाट हवाई टिकट खरिद गर्दा अन्य प्लेटफर्मबाट भन्दा सस्तो हुने उनको दावी छ।
आन्तरिक तथा बाह्य दुवै किसिमका हवाई टिकट खरिद गर्न सकिने उक्त एपबाट धार्मिक एवं व्यावसायिक भ्रमणको प्याकेजसमेत कम्पनीले उपलब्ध गराएको छ। त्यस्तै एपबाट नयाँ व्यवसायको सुरुवात तथा सोसम्बन्धी व्यवस्थापनको समेत जानकारी लिन सकिने कम्पनीले जनाएको छ।
प्रकाशित: २७ असार २०८२, शुक्रबार