ताजा समाचार

भुक्तानीका लागि ओटीपी लिन जाँदा सम्पर्कविहीन भएका थवाङका सात कर्मचारी ३ दिनपछि सम्पर्कमा आए

भुक्तानीका लागि ओटीपी लिन जाँदा सम्पर्कविहीन भएका थवाङका सात कर्मचारी ३ दिनपछि सम्पर्कमा आए
Global IME Bank

भुक्तानी प्रणालीमा आवश्यक ओटीपी लिन भनेर रुकुम पूर्व जान हिँडेका थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ कर्मचारी तीन दिन सम्पर्कविहीन भई बुधबार दिउँसो सम्पर्कमा आएका छन्।

गत असार २३ गते राति करिब ९ बजे कार्यालयबाट बाहिरिएका उनीहरू बुधबार दिउँसो मात्रै सम्पर्कमा आएको गाउँपालिका स्रोतले जनाएको छ।

पालिकाका अनुसार घर्तीमगरलगायत सम्पूर्ण टोली गुल्मी जिल्लामा रहेको खुलेको हो भने उनीहरु लिवाङ हुँदै कार्यालय फर्कने योजना रहेको बताइएको छ। उनीहरू सम्पर्कविहीन भएपछि पालिकाले सार्वजनिक सूचना जारी गर्दै तिनीहरूलाई चाँडै सम्पर्कमा आउन आह्वान गरेको थियो।

पालिकाले त्यहाँ नेटवर्कको समस्या रहेकाले भुक्तानी कार्यमा समस्या नआओस् भन्नका लागि प्रमुख प्रशासकीय अधिकृत घर्तीमगर भोलिपल्ट रुकुम पूर्व पुगेर कार्यालयको भुक्तानी प्रणालीमा आवश्यक ओटीपी ल्याउने सल्लाह भएको थियो। तर त्यसै साँझदेखि प्रशासकीय अधिकृतसँगै सहायक प्रशासक हरिश माझी, सह-लेखापाल यज्ञ प्रसाद कँडेल, सब-इन्जिनियर चन्द्रप्रकाश ओली, सब-इन्जिनियर निशा आचार्य, शिवकुमार वली र सवारी चालक प्रदीप केसी समेत सम्पर्कविहीन भएका थिए।

हराएदेखि सबैको मोबाइल स्विच अफ हुनु र रुकुम पूर्व जान हिँडेकाहरु हाल गुल्मीमा किन पुगे भन्ने पालिकासम्बद्ध व्यक्तिहरुले नबुझेको बताइएको छ।

Sajilo Visa
easy care