नेपाल टेलिकमको इन्टरनेट प्रभावित हुनुको मुख्य कारण टाटाको ब्याण्डविथमा गडबडी

  • Technology Khabar | २५ असार २०८२, बुधबार
नेपाल टेलिकमको इन्टरनेट प्रभावित हुनुको मुख्य कारण टाटाको ब्याण्डविथमा गडबडी

काठमाडौं ।

मंगलबार नेपाल टेलिकमको इन्टरनेट प्रभावित हुनुमा टाटा कम्युनिकेसन्सले नेपाललाई उपलब्ध गराइरहेको ब्यान्डविथमा प्राविधिक समस्या आउनु मुख्य कारण रहेको खुलेको छ। प्राविधिक समस्याका कारण मंगलबार टेलिकमको इन्टरनेटको गति सुस्त भएको थियो।

टेलिकमले भारतको टाटा र एयरटेलबाट ब्यान्डविथ खरिद गर्दै आएको छ। जसमध्ये टाटातर्फ प्राविधिक समस्या आउँदा अर्को सेवाप्रदायकमा ट्राफिक बढ्दा इन्टरनेटको गति सुस्त भएको कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए। समस्या आएपछि त्यसको समाधानका लागि टाटासँग निरन्तर सम्पर्कमा रहेको उनले बताए।

आजको गोरखापत्रबाट

प्रकाशित: २५ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार