
काठमाडौं ।
अस्ट्रेलियाको टीपीजी टेलिकमले मक्वायरको समर्थन प्राप्त भोकस ग्रुपले आफ्नो व्यवसायिक, सरकारी र होलसेल फिक्स्ड-लाइन तथा फाइबर सम्पत्तिहरू किन्न ५.२५ अर्ब अस्ट्रेलियन डलर (अमेरिकी डलर ३.४२ अर्ब) को खरिद सम्झौताका लागि अन्तिम स्वीकृति प्राप्त गरेको छ।
यसबारे कम्पनीले सोमबार जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ।
सन् २०२४ मा घोषणा गरिएको उक्त सम्झौतालाई अस्ट्रेलियाको प्रतिस्पर्धा नियामक निकायले मार्च महिनामा स्वीकृति दिएको थियो जसले भोकसलाई देशको ठूला भूमिगत फाइबर पूर्वाधार धनी कम्पनीमध्ये एकको रूपमा उभ्याएको छ ।
यो अधिग्रहणले भोकसलाई अस्ट्रेलियाभरका करिब २०,००० भवनहरूसँग जडान गर्न सक्ने बनाउनेछ ।
टीपीजीको भनाइअनुसार सोमबार प्राप्त विदेशी लगानी समीक्षा बोर्डको स्वीकृतिले यो सम्झौता अघि बढाउन आवश्यक सबै नियामक स्वीकृति पूर्ण भएको जनाइएको छ ।
सोमबार यसबारे कुरा चलिरहँदा टीपीजी टेलिकमको सेयर मूल्य स्थिर रह्यो भने अस्ट्रेलियाली शेयर बजार सूचकांक०.२ प्रतिशतले घटेको थियो।
प्रकाशित: २३ असार २०८२, सोमबार