सुत्स्केभरले अब सेफ सुपरइन्टेलिजेन्स कार्यकारीको जिम्मेवारी सम्हाल्ने

  • Technology Khabar | २१ असार २०८२, शनिबार
सुत्स्केभरले अब सेफ सुपरइन्टेलिजेन्स कार्यकारीको जिम्मेवारी सम्हाल्ने

काठमाडौं ।

ओपनएआईका सह-संस्थापक इलिया सुत्स्केभरले आफूले २०२४ मा सुरु गरेको एआई स्टार्टअप सेफ सुपरइन्टेलिजेन्स (एसएसआई) मा अब प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्ने बताएका छन्।

उनले बिहीबार एक्समा पोष्ट गर्दै स्टार्टअपका सह-संस्थापक तथा सीईओ ड्यानियल ग्रसले जुन २९ बाट कम्पनी छाडेको पुष्टि गरेका हुन्। सुत्स्केभरका अनुसार सेफ सुपरइन्टेलिजेन्स का अर्का सह-संस्थापक ड्यानियल लेभी कम्पनीका अध्यक्ष बनेका छन्।

यो घोषणाअघि केही सातादेखि मेटाका सीईओ मार्क जुकरबर्ग ग्रस र उनका लामो समयका लगानी साझेदार तथा पूर्व गिटहब सेफ सीईओ नाट फ्राइडम्यानलाई भर्ना गर्ने प्रयासमा रहेको समाचारहरू सार्वजनिक भएका थिए।

टेकक्रञ्चका अनुसार कुनै बेला जुकरबर्गले हालै ३२ अर्ब डलर मूल्याङ्कन गरिएको सेफ सुपरइन्टेलिजेन्स नै किन्ने प्रयास गरेको पनि बताइएको थियो। सुत्स्केभरले ती रिपोर्टहरूबारे प्रतिक्रिया दिएका छन्।

“हामीलाई किन्न चाहने कम्पनीहरूको हल्ला तपाईँले सुन्नु भएको हुन सक्छ। उनीहरूको ध्यानप्रति हामी आभारी छौँ तर अहिले हाम्रो ध्यान हाम्रो काममा केन्द्रित छ,” सुत्स्केभरले भने। “हाम्रोमा कम्प्युट स्रोत छ, उत्कृष्ट टोली छ, अनि के गर्नुपर्छ भन्ने हामीलाई थाहा छ। हामी मिलेर सुरक्षित सुपर इन्टेलिजेन्स निर्माण गर्दै अगाडि बढ्छौँ।”

ध्यान दिनुपर्ने कुरा के छ भने सेफ सुपरइन्टेलिजेन्सले आफूलाई विश्वको “पहिलो सीधा मार्गमा केन्द्रित एसएसआई प्रयोगशाला” (स्ट्रेट-शट एसएसआई ल्याब) भनेर वर्णन गर्छ। यसको कुनै अन्य उत्पादन वा उद्देश्य छैन। सुरक्षित सुपर इन्टेलिजेन्स बनाउनु नै यसको सबैथोक हो।

सुत्स्केभरले ओपनएआई छाडेपछि केही समयमै यो स्टार्टअप सुरु गरेका थिए। उनी ओपनएआई का सेफ सीईओ साम अल्टम्यानलाई हटाउने प्रयासमा संलग्न एक व्यक्ति थिए।

यसैबीच मेटाको सुपरइन्टेलिजेन्ट ल्याब्सबाट बन्ने प्रविधिहरू कम्पनीका धेरै उत्पादनहरूमा प्रयोग हुने सम्भावना देखिएको छ। जुकरबर्गको घोषणापत्रमा मेटाले अर्बौँ प्रयोगकर्तासम्म पुग्ने उत्पादनहरू निर्माण र विस्तार गर्ने अनुभव उल्लेख गरिएको छ र एआई उपकरणहरूमा पाएको प्रारम्भिक सफलताको पनि चर्चा गरिएको छ।

प्रकाशित: २१ असार २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...