मस्कको कम्पनीले सुपर कम्प्युटर विकास गरिरहेको खुलासा

  • Technology Khabar | २० असार २०८२, शुक्रबार
मस्कको कम्पनीले सुपर कम्प्युटर विकास गरिरहेको खुलासा

काठमाडौं ।

एक्सएआई कम्पनीले विभिन्न परियोजनाहरूको लागि १० अर्ब अमेरिकी डलर लगानी जुटाएको छ। इलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप एक्सएआईले डेब्ट (ऋण) र इक्विटीको संयोजन मार्फत कुल १० अर्ब अमेरिकी डलरको कोष जुटाएको मोर्गन स्टेनलीले जानकारी दिएका छन्।

जम्मा गरिएको रकममध्ये, ५ अर्ब डलर डेब्ट (बन्डस् र लोन्स÷ऋण) मार्फत सुरक्षित गरिएको थियो भने बाँकी रणनीतिक इक्विटी लगानीबाट आएको बताइएको छ।

ऋण प्रस्ताव अत्यधिक माग गरिएको र एक्सएआईमा लगानीकर्ताहरू मध्ये प्रमुख विश्वव्यापी वित्तीय संस्थाहरू रहेको भनी बैंकले बताएको छ।

एक्सएआई कम्पनीले ओपन एआई र एन्थ्रोपिक जस्ता प्रतिस्पर्धीहरूमाथि दबाब बढाउन मद्दत सकोस् भनेर यो रकम कोलोसस सुपर कम्प्युटर विकास गर्न, ग्रोक च्याटबोट सुधार गर्न र पूर्वाधार बलियो बनाउन प्रयोग गरिने बताइएको छ।

मेम्फिसको कोलोसस सुपर कम्प्युटर विकास केन्द्रमा २००,००० जीपीयू युनिटहरू पहिले नै स्थापना भइसकेको र दस लाख चिप्ससम्मको अझ ठूलो सुविधा निर्माण गर्ने योजनाहरू चलिरहेका मस्कले मे महिनामा बताएका छन्।

यो लगानी कृत्रिम बुद्धिमत्ता बजारमा अमेरिकी कम्पनीहरू बीच बढ्दो तीव्र प्रतिस्पर्धाको समयमा आएको रपोर्ट गरिएको छ।

ओपन एआईले मार्च महिनामा ४० बिलियन अमेरिकी डलरमा फण्डिङ्ग (कोष) राउन्ड बन्द गरेको थियो भने एन्ट्रोपिकले मे महिनामा ६१.५ बिलियन अमेरिकी डलरको बजार मूल्यमा २.५ बिलियन अमेरिकी डलर क्रेडिट लाइन सुरक्षित गरेको उल्लेख छ।

एक्सएआईको गत वर्ष ५० बिलियन अमेरिकी डलर बराबरको मूल्याङ्कन गरिएको थियो भने लगानीको नयाँ चरणले कम्पनीको मूल्य ८० बिलियन अमेरिकी डलर भन्दा बढीमा बढाउने सम्भावना रहेको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २० असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार