एप्पलले नयाँ सिरी संस्करणका लागि ओपनएआई वा एन्थ्रोपिकको एआई मोडल प्रयोग गर्न सक्ने

  • Technology Khabar | १९ असार २०८२, बिहीबार
एप्पलले नयाँ सिरी संस्करणका लागि ओपनएआई वा एन्थ्रोपिकको एआई मोडल प्रयोग गर्न सक्ने

काठमाडौं ।

एप्पलले डब्लूडब्लूडीसी २०२४ मा सार्वजनिक गरेको नयाँ सिरी संस्करणका लागि ओपनएआई वा एन्थ्रोपिकको एआई मोडल प्रयोग गर्ने विषयमा विचार गरिरहेको छ। कम्पनीले गत वर्षदेखि नै व्यक्तिगत सन्दर्भ बुझ्ने र एपहरूभित्र काम गर्न सक्ने नयाँ संस्करण ल्याउने प्रतिवद्धता जनाएको थियो, तर मार्च २०२५ मा अपडेट गरिएको सिरीलाई औपचारिक रूपमा ढिला गर्ने निर्णय गरेको थियो।

नयाँ योजनाअन्तर्गत, एप्पलले एन्थ्रोपिक र ओपनएआईसँग आफ्ना मोडलहरूलाई एप्पलका प्राइभेट क्लाउड कम्प्युटरमा चलाउन मिल्नेगरी प्रशिक्षण दिन अनुरोध गरेको छ। यी सुरक्षित सर्भरहरू एप्पलका चिपमा आधारित छन्। एप्पलले पहिले नै केही एआई फिचरहरू आफ्नै सर्भरमा चलाउँदै आएको छ जुन स्थानीय रूपमा सम्भव हुँदैन।

इन्ग्याजेटका अनुसार एप्पलले हाल एप्पल इन्टेलिजेन्सका केही भागहरूमा ओपनएआईको च्याटजीपीटी प्रयोग गरिरहेको छ, तर सिरीलाई पूर्ण रूपमा तेस्रो पक्षमा निर्भर बनाउनु ठूलो परिवर्तन हुनेछ।

ब्लूमबर्गका अनुसार “कम्पनीले अहिले अधिकांश एआई फिचरहरू आफ्नै एप्पल फाउण्डेशन मोडल्स नामक प्रविधिमा आधारित बनाएको छ,” र यही प्रविधिमा आधारित सिरीको नयाँ संस्करण २०२६ मा ल्याउने योजना बनाएको थियो। डब्लूडब्लूडीसी २०२५ मा एप्पलले ती  फाउण्डेशन मोडल्सलाई तेस्रो-पक्ष विकासकर्ताहरूलाई उपलब्ध गराउने घोषणा गरेको थियो।

तेस्रो-पक्ष एआई मोडल प्रयोग गर्ने सम्भावनाले एप्पलभित्रको आन्तरिक नेतृत्वमा परिवर्तन आएको संकेत गर्छ। कम्पनीको एआई टोलीको नेतृत्व जोन जियानान्ड्रियाबाट क्रेग फ्रेडरिगीलाई हस्तान्तरण गरिएको रिपोर्ट गरिएको छ। सिरी टोलीको नेतृत्व माइक रकवेलले गरेका छन् जो यसअघि एप्पल भिजन प्रो को विकासमा संलग्न थिए।

प्रकाशित: १९ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • १९ असार २०८२, बिहीबार