
काठमाडौं ।
चीनको राजधानी बेइजिङमा ह्युमनोइड रोबोटहरूले एआईसँग रोबोटिक्सको भविष्यको झलक प्रदान गर्दै थ्री–अन– थ्री फुटबल खेल खेलेका छन्।
खेलको क्रममा रोबोटहरूले किक (लात) हान्नुका साथै ठेस खाएका र कहिलेकाहीं स्ट्रेचरहरू पनि आवश्यक परेको थियो।
टेलीग्राफका अनुसार आगामी अगस्टमा आयोजना हुने वर्ल्ड ह्युमनोइड रोबोट गेम्सअघि चीनमा पहिलो पूर्ण स्वायत्त रोबोट फुटबल खेलमा चार टोलीहरू आमनेसामने भएका थिए।
पूर्ण रूपमा एआईद्वारा सञ्चालित र मानव नियन्त्रण बिना, रोबोटहरूले बल ट्र्याक गर्न र मैदान वरिपरि दौडनको लागि भिजुअल सेन्सरहरू प्रयोग गरेका थिए।
त्यसैगरी केही रोबोटहरू लडेका कारण तिनीहरुले खेल त्याग्नु परेको थियो। ह्युमनोइड रोबोटहरूले खेलेका फुटबल खेलले रोबोटिक्सको भविष्यमा एक अनौठो तर महत्त्वपूर्ण झलक प्रदान गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १७ असार २०८२, मंगलवार