ताजा समाचार

एउटा स्वास्थ्य संस्थामा साइबर आक्रमण भएको स्विजरल्याण्ड सरकारको भनाई

एउटा स्वास्थ्य संस्थामा साइबर आक्रमण भएको स्विजरल्याण्ड सरकारको भनाई
Global IME Bank

स्विजरल्याण्डले गैरनाफामूलक स्वास्थ्य संस्था राडिक्समा भएको साइबर आक्रमणले सरकारी प्रशासनलाई पनि प्रभावित पारेको सोमबार जनाएको छ।

स्विस संघीय निकायहरूले जारी गरेको विज्ञप्तिमा राडिक्सका सेवाग्राहीहरूमा विभिन्न संघीय कार्यालयहरू पनि छन् र आक्रमणपछि केही डाटा डार्क वेबमा सार्वजनिक गरिएको बताइएको छ तर कुन डाटा भन्ने खुलाइएको छैन।

आक्रमणकारीहरूले सरकारी डाटा प्रणालीहरूमा प्रत्यक्ष रूपमा प्रवेश भने नगरेका विज्ञप्तिमा थप भनिएको छ। हाल प्रभावित इकाईहरू र डाटाहरूको पहिचान गर्न प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्।

स्विजरल्याण्डले जनाएको अनुसार गैरनाफामूलक स्वास्थ्य संस्था राडिक्समाथि भएको साइबर आक्रमणमा डाटा चोरी र इन्क्रिप्सन गरिएको थियो, जसले संघीय प्रशासनका विभिन्न निकायहरूलाई समेत असर पुर्‍याएको छ।

Sajilo Visa
easy care