भारतीय इलेक्ट्रोनिक्स कम्पनी बीटीएल इण्डिया र लिम्बिक एड्भर्टाइजिङबीच साझेदारी

  • Technology Khabar | १४ असार २०८२, शनिबार
भारतीय इलेक्ट्रोनिक्स कम्पनी बीटीएल इण्डिया र लिम्बिक एड्भर्टाइजिङबीच साझेदारी

काठमाडौं ।

नेपालको विज्ञापन क्षेत्रका लागि ऐतिहासिक मानिने उपलब्धिमा, भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड बीटीएलले नेपालको लिम्बिक एड्भर्टाइजिङसँग आधिकारिक रूपमा रणनीतिक साझेदारी गरेको छ।

बजाज ट्युब्स (प्रा.) लिमिटेड समूहअन्तर्गतको बीटीएलले काठमाडौंमा दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रमको क्रममा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो।

उक्त दुईदिने कार्यक्रममा ब्रान्डको रणनीति, बजार प्रवेश योजना, तथा दीर्घकालीन सहकार्यका विषयमा गहन छलफलहरू भएका थिए। यो सम्झौता अन्तर्गत लिम्बिक एड्भर्टाइजिङ अब नेपालमा बीटीएलको आधिकारिक ब्रान्ड कन्सल्टिङ तथा विज्ञापन साझेदार हुनेछ, जसले ठूलाे भारतीय समूहले सिधै नेपाली एजेन्सीलाई आफ्नो सम्पूर्ण मार्केटिङ जिम्मेवारी दिएको छ।

सम्झौता कार्यक्रममा बजाज ट्युब्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवीन बजाज र प्रमुख सञ्चालन अधिकृत प्रिन्स बजाज र लिम्बिक एड्भर्टाइजिङकाे प्रबन्ध निर्देशक प्रज्ञा शर्मा ले सम्झौतामा हस्ताक्षर गरे।

“हाम्रो उद्देश्य बीटीएलका प्रविधिमैत्री उत्पादनहरूलाई नेपाली घरघरमा पुर्याउनु हो। यसका लागि हामीले रणनीतिक दृष्टिकोण राख्ने लिम्बिकलाई विश्वास गरेका छौं,” नवीन बजाजले भने।

अब लिम्बिक एड्भर्टाइजिङले ब्रान्डको रणनीतिक पोजिसनिङ, विज्ञापन अभियान, इन्फ्लूएन्सर मार्केटिङ, पीओएस ब्राण्डिङ्ग, र ब्राण्ड कन्सल्टिङ्गकाे नेतृत्व गर्नेछ।

“यति प्रतिष्ठित भारतीय समूहबाट सिधै विश्वास प्राप्त गर्नु हाम्रो लागि ठूलो अवसर र जिम्मेवारी हो। उपभोक्ताले उत्पादनको मूल्य बुझुन् भन्ने उद्देश्यसहित हामी रणनीति र रचनात्मकतालाई सन्तुलनमा राखेर काम गरिरहेका छौं। प्राप्त रचनात्मक स्वतन्त्रता र स्पष्ट दिशाको आधारमा हामी नेपालमा बीटीएलका लागि फरक र प्रभावशाली अभियानहरू ल्याउँदैछौं”, लिम्बिकका प्रबन्ध निर्देशक प्रज्ञा शर्माले भनिन्।

बीटीएलले टेलिभिजन, एयर कन्डिशनर, र डीप फ्रिजरहरू उत्पादन गर्दै आएको छ।

प्रकाशित: १४ असार २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • १४ असार २०८२, शनिबार