प्राविधिक शिक्षालयको शिलान्यास

Technology Khabar १४ असार २०८२, शनिबार

प्राविधिक शिक्षालयको शिलान्यास
माइक्रोसफ्ट कोपाइलट डिजाइनरमार्फत् बनाइएको सांकेतिक तस्बिर।

काठमाडौं ।

पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले कचनकवल गाउँपालिकामा निर्माण हुन लागेको प्राविधिक शिक्षालयको आज शिलान्यास गरेका छन्।

शीलान्यासका क्रममा बोल्दै उनले लोकतान्त्रिक व्यवस्था विश्वकै उत्कृष्ट व्यवस्था भएकाले नयाँ व्यवस्थामा नयाँ सोच र चिन्तन अनिवार्य भएको बताए।

सो भवन रु चार करोड ७९ लाख २१ हजार २८५ को लागनमा निर्माण हुनेगरी नेपाल सरकार सघन शहरी विकास तथा भवन निर्माण कार्यालय र खण्डपुर निर्माण सेवा बीच सम्झौता भएको छ।

बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको भने निर्माण विसं २०८४ जेठ २० गते सम्पन्न हुने शिक्षालयका संयोजक तथा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रसिंह राजवंशीले जानकारी दिए।-रासस

 

 

प्रकाशित: १४ असार २०८२, शनिबार

तपाइको प्रतिक्रिया