Technology Khabar १५ असार २०८२, आईतवार
काठमाडौं ।
मेटा प्लेटफर्म र नवीकरणीय ऊर्जा विकासकर्ता इन्भेनर्जी डाटा सेन्टर्स (केन्द्रहरू) सञ्चालन गर्न ७९१ मेगावाट थप सौर्य र वायु ऊर्जा आपूर्ति गर्न चार सम्झौतामा हस्ताक्षर गरेको कम्पनीहरूले बिहीबार बताएका छन्।
स्वच्छ ऊर्जा प्रयोग गरेर कृत्रिम बुद्धिमत्ता प्रविधिहरूको लागि आवश्यक पर्ने डाटा केन्द्रहरूको बढ्दो ऊर्जा माग पूरा गर्न मेटाले गरेको सम्झौताहरूको श्रृंखलामा यो पछिल्लो कदम भएको उल्लेख गरिएको छ।
गत वर्ष, मेटाले ७६० मेगावाट सौर्य बिजुलीको लागि शिकागो–आधारित इन्भेनर्जीसँग चारओटा सम्झौतामा हस्ताक्षर गरेको थियो।
इन्भेनर्जीले बिहीबारको सम्झौताले कम्पनीहरूको कुल साझेदारी १,८०० मेगावाटमा पुर्याएको बताएको छ।
यस अघि पनि मेटाले धेरै ठूला सौर्य परियोजनाहरू एउटा जियोथर्मल स्टार्टअपसँग सम्झौताको घोषणा गरिसकेको छ भने आणविक ऊर्जा विकासकर्ताहरूबाट प्रस्तावहरू पनि खोजिरहेको छ।
ओहायो, अर्कान्सास र टेक्सासमा इन्भेनर्जीको सौर्य र वायु परियोजनाहरूबाट प्राप्त बिजुली स्थानीय ग्रिडमा डेलिभर गरिने बताइएको छ भने मेटाले सञ्चालनमा ल्याउने नयाँ उत्पादन क्षमतासँग जोडिएको स्वच्छ ऊर्जा क्रेडिट प्राप्त गर्ने ऊर्जा कम्पनीले उल्लेख गरेको छ।
तर कम्पनीहरूले सम्झौताहरूको वित्तीय विवरणको बारेमा भने खुलासा नगरेको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १५ असार २०८२, आईतवार