हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक

Technology Khabar १२ असार २०८२, बिहीबार

काठमाडौं ।

नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले धनगढी क्षेत्रमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीले ११ असारमा दिनेश फोर हुईल्स प्रा.लि (हुन्डाईको आधिकारिक डिलर) को आयोजनामा धनगढीमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा इभी सार्वजनिक गरेको थियो, जहाँ क्रेटा इभी सहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिए।

कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए।

हुन्डाई नेपालले देशमै क्रेटा आईसीई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा इभी तथा आईसीई, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या नहुने बताईएको छ।

साथै लक्ष्मी हुन्डाईले इभी इकोसिस्टमलाई अझै मजबुत बनाउन रि-ल्याक्स (RE-Lax) चार्जिङ्गको नेटवर्क विस्तार गर्दै छ जस अन्तर्गत अहिले नै देश भरका विभिन्न ठाउँहरुमा रि-ल्याक्स डिसी र एसी गरी ६६ चार्जर सुचारु भइसकेको जनाएको छ।

प्रकाशित: १२ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया