टिकटकर बस्नेतको पक्राउ विरुद्धमा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन

Technology Khabar ११ असार २०८२, बुधबार

टिकटकर बस्नेतको पक्राउ विरुद्धमा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन
फोटोः रमा बस्नेतको टिकटकबाट स्क्रीनसट लिईएको।

काठमाडौं ।

टिकटकर रमा बस्नेतको पक्राउका विरुद्धमा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर भएको छ। रमाका बाबु बलदेव बस्नेतले सर्वोच्चमा निवेदन दर्ता गराएका हुन्, जसमा रमालाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गरिएको छ।

मंगलबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई कारण देखाउ आदेश जारी गरेको छ।

साइबर ब्यूरोले रमालाई विद्युतीय कारोबार ऐन उल्लंघन गरेको आरोपमा पक्राउ गरेको जनाएको छ।

उनले टिकटकमार्फत नियमित तथा नियोजितरूपमा जातिय एवम् साम्प्रदायिक भावनामा खलल पुऱ्याउनुको साथै प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गरी, तथ्य र आधारहीन विषयलाई उठान गरी, भ्रामक विषयवस्तु प्रसारण गरी, व्यक्ति, संस्था र सम्प्रदाय प्रति नकारात्मक धारणा फैलाई चरित्र हत्या गरेको पाईएको साइबर ब्यूरोले उल्लेख गरेको छ।

प्रकाशित: ११ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया