ताजा समाचार

एसके ग्रुप र अमेजनले मिलेर कोरियामा ठूलो डाटा केन्द्र निर्माण गर्ने

एसके ग्रुप र अमेजनले मिलेर कोरियामा ठूलो डाटा केन्द्र निर्माण गर्ने
Global IME Bank

दक्षिण कोरियाको एसके ग्रुपले अमेजन वेब सर्भिसेजको ४ अर्ब डलर लगानीसहित करिब ७ ट्रिलियन वोन (५.११ अर्ब अमेरिकी डलर) लगानीमा देशको सबैभन्दा ठूलो डाटा केन्द्र निर्माण गर्न लागेको विज्ञान मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

दक्षिणी सहर उल्सानमा निर्माण हुने उक्त एआई डाटा केन्द्र २०२९ सम्म १०० मेगावाट क्षमतासहित पूर्ण रूपमा सञ्चालनमा आउनेछ र निर्माण कार्य २०२५ सेप्टेम्बरमा सुरु हुने मन्त्रालयको वक्तव्यमा उल्लेख छ।

एसके ग्रुपका अध्यक्ष चे ताए-वोने भविष्यमा यो डाटा केन्द्रको क्षमता एक गिगावाटसम्म विस्तार गर्ने योजना रहेको र यसलाई घरेलु एआई आवश्यकताहरू सम्हाल्ने विश्वस्तरीय केन्द्र बनाउने उद्देश्य राखेको बताएका छन्।

राष्ट्रपति ली जे म्युङ र प्रविधि क्षेत्रका प्रमुख कार्यकारी अधिकारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा चेले कृत्रिम बुद्धिमत्ता (एआई) दक्षिण कोरियाको भविष्यको वृद्धिका लागि अत्यावश्यक रहेको बताए।

“दक्षिण कोरियाको उच्च प्रविधि उद्योग केवल महानगर क्षेत्रमा मात्र सीमित छैन, प्रान्तहरूमा पनि सम्भव भन्नका लागि यो उदाहरण बन्न सक्छ,” राष्ट्रपति लीले भने।

रोयटर्सका अनुसार शुक्रबार नीति सकारात्मकताको आधारमा एआई सम्बन्धी कोरियाली कम्पनीहरूको सेयर मूल्यमा तीव्र वृद्धि देखिएको छ। एसके हाइनिक्सको सेयर ३% बढीले, काकाओको सेयर ११% र एलजी सीएनएसको सेयर ९ प्रतिशतले बढेको छ। यसले कोस्पी सूचकांकलाई ३,००० अंक माथि पु-याएको छ, जुन ३ वर्ष ६ महिनापछि पहिलोपटक भएको हो।

सरकारी घोषणा यस महिनाको सुरुवातमा आएका ती सञ्चार माध्यमका रिपोर्टहरूपछि आएको हो, जसमा एसके ग्रुप र अमेजन वेब सर्भिसेजले दक्षिण कोरियामा डाटा केन्द्र निर्माण गरिरहेको जनाइएको थियो।

Sajilo Visa
easy care