
काठमाडौं ।
युट्युबले आफ्नो शट्र्स प्लेटफर्ममा कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर भिडियोहरू उत्पन्न गर्ने नयाँ मोडेल भियो ३ प्रस्तुत गर्ने घोषणा गरेको छ।
प्रारम्भिक रिपोर्टहरू अनुसार, गुगलको एआई मोडेलको यो उन्नत संस्करणले साउण्ड (ध्वनि) एकीकृत गर्ने क्षमता सहित भिडियो गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।
हाल, शट्र्स कन्टेन्ट क्रियटर्स (सामग्री सिर्जनाकर्ताहरू) सँग पहिले नै ड्रीम स्क्रिन अप्सन (विकल्प) मार्फत पुरानो मोडेल, भियो २ मा पहुँच उपलब्ध रहेको छ जसले ब्याकग्राउण्ड (पृष्ठभूमि) को स्वचालित सिर्जनाका साथै क्लिप जेनेरेसन (उत्पादन) सक्षम बनाउने उल्लेख गरिएको छ।
तर, भियो ३ ले शट्र्स भित्र ठ्याक्कै के फङ्गसन्स (कार्यहरू) ल्याउनेछ भनेर उल्लेख नगरिएको बताइएको छ।
त्यसैगरी शट्र्समा भियो ३ मोडेलको प्रयोग सिर्जनाकर्ताहरूको लागि निःशुल्क हुनेछ कि छैन भन्ने बारेमा पनि अहिले कुनै जानकारी उपलब्ध नभएको उल्लेख गरिएको छ।
यो जानकारीको बारेमा युट्युबका सीईओ नील मोहनले कान्स लायन्स महोत्सवमा आफ्नो भाषणको क्रममा पुष्टि गरेको बताइएको छ।
यसका साथै, नील मोहनले शट्र्सले प्रति दिन २०० अर्ब भन्दा बढी भ्यूहरू रेकर्ड गरेको खुलासा गरेका छन् जसले यस ढाँचाको बढ्दो लोकप्रियतालाई थप पुष्टि गरेको टेलिग्राफले उल्लेख गरेको छ।
प्रकाशित: ७ असार २०८२, शनिबार