ट्रम्प मोबाइल पछि क्लर्नाले लन्च गर्यो अमेरिकी क्यारियर, बेलायत र जर्मनीमा पनि विस्तार हुने

  • Technology Khabar | ६ असार २०८२, शुक्रबार
ट्रम्प मोबाइल पछि क्लर्नाले लन्च गर्यो अमेरिकी क्यारियर, बेलायत र जर्मनीमा पनि विस्तार हुने

काठमाडौं ।

अमेरिकामा ट्रम्प मोबाइल क्यारियर लन्च भएको केही दिन पछि फेरि अर्को एउटा क्लर्ना नामक नयाँ मोबाइल फोन योजना लन्च गरिएको छ। एक पछि अर्को नयाँ लन्चसँगै अब सबैजना आकर्षक अमेरिकी क्यारियर बजारको हिस्सा बन्न चाहेको जस्तो देखिएको छ।

क्लर्ना, ‘बाइ नाउ पे लेटर’ (अहिले किन्नुहोस् पछि भुक्तानी गर्नुहोस्) एपले भर्खरै अमेरिकामा आफ्नै मोबाइल फोन योजना सुरु गर्ने घोषणा गरेको छ जुन क्लर्ना एपमा सिधै पहुँचयोग्य हुनेछ।

प्रति महिना ४० अमेरिकी डलर शुल्क लाग्ने योजनामा “फाइभजी गतिमा रहने असीमित फाइभजी डाटा”, असीमित कुराकानी र टेक्स्टका साथै सक्रियता वा रद्दको लागि कुनै शुल्क नलाग्ने उल्लेख गरिएको छ। त्यसैगरी यसमा आफ्नो अवस्थित नम्बर राख्न सक्ने वा तत्काल ईसिम सक्रियताको साथ नयाँ प्राप्त गर्न सकिने छ भने सेटअपकालागि केवल केही मिनेट लाग्ने उल्लेख गरिएको छ। क्लर्नाले एटी एण्ड टी (AT&T)को नेटवर्क प्रयोग गरिरहेको थप उल्लेख गरिएको छ।

क्लर्नाको एपको अमेरिकामा २ करोड ५० लाख प्रयोगकर्ताहरू रहेका छन् र कम्पनीले तिनीहरूमध्ये धेरैले यसको आफ्नो मोबाइल फोन योजनालाई यसमा स्विच गर्न पर्याप्त लोभ्याउने आपेक्षा गरेको छ।

यो सेवा पहिलो पटक अमेरिकामा लन्च हुँदै गर्दा क्लर्नाले अर्को पटक बेलायत र जर्मनीमा विस्तार गर्ने वाचा गरेको छ। त्यसपछि “यस वर्षको उत्तरार्धमा” अन्य बजारहरूमा विस्तार गर्ने र अमेरिकामा प्रिमियम योजनाहरू पनि ल्याउने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ६ असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • ६ असार २०८२, शुक्रबार