सन् २०२६ को एन्ड्रोइड फ्ल्यागशिपहरू एआईको कारणले २४ जीबी र्यामको साथ आउन सक्ने

Technology Khabar ४ असार २०८२, बुधबार

काठमाडौं ।

क्वालकमको स्न्यापड्रागन ८ एलिट २ र मिडियाटेकको डाइमेन्सिटी ९५०० द्वारा संचालित स्मार्टफोनहरू यस वर्ष उच्च मूल्य ट्यागको साथ आउन सक्ने सम्भावना रहेको छ।

टिपस्टर डिजिटल च्याट स्टेशनको लीकका अनुसार, यी नयाँ फ्ल्यागशिप चिपहरूले तिनीहरूका पूर्ववर्तीहरूको भन्दा दोब्बर एआई कम्प्युटिङ पावर प्रदान गर्नेछन्। फलस्वरूप, फोन निर्माताहरूले एआईको बढ्दो मागहरू पूरा गर्न २४ जीबी र्याम र १ टीबी स्टोरेज प्रदान गर्ने विचार गरिरहेका छन् भनि टिपस्टरले दाबी गरेको उल्लेख गरिएको छ।

अर्को एन्ड्रोइड फ्ल्यागशिपहरूमा २४ जीबी र्याम हुनेछः
केवल एक वर्ष अघि, धेरैजसो ब्राण्डहरूले बढ्दो मेमोरी लागतका कारण २४ जीबी मोडेलहरू लन्च गर्नबाट पछि हटेका थिए। त्यसैगरी मूल्यहरू बढ्दै जाँदा र मुख्यधाराको माग सीमित रहँदा स्मार्टफोनहरूमा ओभरसाइज मेमोरीको लागि छोटो समयको लागि गरिएको प्रयासले गति गुमाएको थियो। यसले बजारलाई सामान्य अधिकतमको रूपमा १२ जीबी र १६ जीबी र्यामको वरिपरि स्थिर बनाएको उल्लेख गरिएको छ।

तर अब एआई हार्डवेयर दौडले प्राथमिकताहरू परिवर्तन गर्न सक्ने उल्लेख गरिएको छ। स्न्यापड्रागन ८ एलिट २ ले १०० टप्स (त्इएक्–प्रति सेकेन्ड ट्रिलियन अपरेशन) एआई पर्फमेन्स प्रदान गर्दछ भने डाइमेन्सिटी ९५०० बाट पनि यस्तै आपेक्षा गरिएको छ।

फलस्वरूप, शीर्ष पाँच स्मार्टफोन ब्रान्डहरूले अब २४जीबी + १टीबी कन्फिगरेसनहरू भएका प्रिमियम–टिरय मोडेलहरू पुनः प्रस्तुत गर्ने तयारी गरिरहेको डीसीएसले दाबी गरेको छ। यद्यपि, मेमोरीेको आकार वृद्धिसँगै, स्मार्टफोनको मूल्य पनि बढ्न सक्ने उल्लेख गरिएको छ। टिपस्टरले स्पष्ट रूपमा मूल्य निर्धारण उल्लेख नगरे पनि, मेमोरी स्पेक्समा भएको वृद्धिले लगभग निश्चित रूपमा स्मार्टफोनको मूल्य बढ्ने उल्लेख गरेको छ।

सम्बन्धित समाचारमा, लीक भएको गीकबेन्च ६ स्कोरले यी चिपहरू कति शक्तिशाली हुन सक्छन् भन्ने बारेमा प्रारम्भिक झलक प्रदान गरेको छ। स्न्यापड्रागन ८ एलिट २ ले सिङ्गल–कोर परीक्षणहरूमा ४,००० भन्दा बढी अंक हासिल गरेको र मल्टि–कोर पर्फमेन्समा ११,००० भन्दा बढी अंक पार गरेको रिपोर्ट गरिएको छ। त्यसैगरी मिडियाटेकको डाइमेन्सिटी ९५०० ले सिङ्गल–कोरमा ३,९०० भन्दा बढी स्कोर गर्दै मल्टि–कोर बेन्चमार्कहरूमा ११,००० भन्दा बढी अंक प्राप्त गरेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ४ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया