Technology Khabar ३ असार २०८२, मंगलवार
काठमाडौं ।
अमेरिकी सेनाको २५० औं वार्षिकोत्सवको अवसरमा आयोजित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य परेडको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यसको खिल्ली उडाइरहेका छन्। फुटेजमा अमेरिकी सेनाहरू मानिसहरुको उपस्थित सानो भीडको अगाडि कुनै समन्वय बिना नै तालमेल नमिलाई मार्च गरिरहेको र राष्ट्रपतिले प्रत्येक मार्चिङ टोलीलाई अभिवादन गरेको देख्न सकिने उल्लेख गरिएको छ।
परेडमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग उनकी श्रीमती मेलानिया ट्रम्प र उनको प्रशासनका अन्य सदस्यहरू र सैन्य नेताहरू सामेल थिए भने उक्त परेडको लागत लगभग ४५ मिलियन अमेरिकी डलर भएको बताइएको छ।
“आज, हामी अटल निश्चितताका साथ पुष्टि गर्छौं कि आगामी वर्षहरूमा, र अबको प्रत्येक पुस्तामा, जब पनि कर्तव्य आह्वान हुन्छ र जस्तोसुकै खतरा आउँछ, अमेरिकी सैनिक त्यहाँ हुनेछन्” अमेरिकी राष्ट्रपति ट्रम्पले भने।
यो सन् १९९१ पछि अमेरिकामा भएको यस प्रकारको पहिलो कार्यक्रममा ६,६०० भन्दा बढी सैनिकहरूका साथै ट्याङ्क र रोबोट कुकुरहरूले कन्सिच्युसन एभिन्यूमा मार्च गरेका थिए। यद्यपि, सामाजिक सञ्जाल प्रयोगकर्ताहरू उत्सवबाट प्रभावित नभएको र सैनिकहरूले स्वेच्छाले कार्यक्रममा नआउने निर्णय गरेका थिए भनेर प्रश्न गरेको उल्लेख गरिएको छ।
“यो कार्यक्रम एकदम नराम्रो थियो। बुटक्याम्पमा भर्ती भएकाहरूले यो भन्दा राम्रो फर्मेसनमा मार्च गर्न सक्छन्,” एक प्रयोगकर्ताले सामाजिक सञ्जालमा लेखेका छन्। त्यसैगरी “भारतका एनसीसी क्याडेटहरूले पनि महाशक्ति अमेरिका भन्दा राम्रो परेड मार्च प्रदर्शन गर्छन्” भनि अर्को प्रयोगकर्ताले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।
“अमेरिकाको सैन्य परेडको सबै फुटेज कति निराशाजनक छ भनेर विश्वास गर्न सक्दिन। विश्वको सबैभन्दा ठूलो सेनाको २५० औं वार्षिकोत्सवका फुटेजहरूमा सेनाहरूले तालमेल नमिलाई हिंडिरहेको, पूर्ण मौनतामा अलग्गै ट्याङ्कहरू गुडिरहेको, सानो भीड, सटीक मार्च वा कूल टेक (प्रविधि) को कुनै राम्रो प्रदर्शन छैन, र यसलाई समाप्त गर्न लेम कन्ट्रि म्युजिक (काम नलाग्ने संगीत) जस्ता लाजमर्दो दृश्य देख्न सकिन्छ” भन्दै तेस्रो प्रयोगकर्ताले टिप्पणी गरे।
त्यसका साथै फुटेजको एक क्लिपमा प्रभावकारी बिहिन सैन्य मार्च ट्रम्प बसेको स्टेजबाट गुज्रिदा उनी पनि निराश र बोर देखिन्थे। कार्यक्रममा २००,००० मानिसहरू उपस्थित रहने प्रारम्भिक अनुमान गरिए तापनि कार्यक्रममा मानिसहरुको निकै कम उपस्थिति देखिएको एनडीटिभीले रिपोर्ट गरेको छ।
प्रकाशित: ३ असार २०८२, मंगलवार