अख्तियारद्वारा यातायात व्यवस्था कार्यालय भरतपुरका सहायकसहितका कर्मचारी नियन्त्रणमा

  • Technology Khabar | ३१ जेष्ठ २०८२, शनिबार
अख्तियारद्वारा यातायात व्यवस्था कार्यालय भरतपुरका सहायकसहितका कर्मचारी नियन्त्रणमा

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय भरतपुर चितवनका कार्यालय सहायकसहितका कर्मचारीलाई शुक्रबार नियन्त्रणमा लिएको छ।

यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा भ्रष्टाचार गरेको आरोपमा यातायात व्यवस्था कार्यालय चितवनका कार्यालय सहायक ईन्द्रजित गुरुङको कार्यकक्षबाट रु एक लाख ८५ हजार नगदसहित बिचौलिया सुरज पाठक र गुरुङसमेतलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार आयोगको टङ्गालबाट खटिई गएको टोलीले उनीहरूलाई यातायात व्यवस्था कार्यालय परिसरबाट रु एक लाख ८५ हजार नगदसहित नियन्त्रणमा लिइएको हो ।

यातायात कार्यालयका कर्मचारी र महालक्ष्मी, गुरुङ, तथा कुमार ड्राइभिङ सेन्टरका सञ्चालकको मिलेमतोमा लाइसेन्स परीक्षामा असफल भएका परीक्षार्थीलाई पास गराउन रकम लिने गरिएको तथा सवारीको वर्गअनुसार रु १५ हजारदेखि २५ हजार लिएर असफल प्रशिक्षार्थीलाई पास गराउने गैर कानुनीकार्य भएको उजुरीका आधारमा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

यसैगरी कार्यालय प्रमुख बिष्णु भट्टराई तथा अन्य कर्मचारी र विभिन्न ड्राइभिइ सेन्टरका सञ्चालकको विद्युतीय उपकरण मोबाइल ३१ थानभन्दा बढी, ल्याप्टप दुई थान र अन्य कागजातसमेत शुक्रबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए। रासस

प्रकाशित: ३१ जेष्ठ २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • ३१ जेष्ठ २०८२, शनिबार