एन्ड्रोइड १६ स्टेबल पिक्सेल डिभाइसहरूका लागि उपलब्ध

Technology Khabar २९ जेष्ठ २०८२, बिहीबार

काठमाडौं ।

गुगलले आफ्नो पिक्सेल लाइनअपको लागि एन्ड्रोइड १६ को पहिलो स्टेबल रिलीज रोल आउट गरेको छ। अपडेट अब पिक्सेल ६ सिरिज र नयाँ फोनहरूका साथै पिक्सेल ट्याब्लेटमा उपलब्ध हुने भएको छ। एन्ड्रोइड १६ स्टेबल निम्न डिभाइसहरूको लागि ओटीए अपडेटको रूपमा उपलब्ध छ।

एन्ड्रोइड १६ स्टेबलको लागि योग्य डिभाइसहरूः

  • पिक्सेल ६, पिक्सेल ६ प्रो र पिक्सेल ६ ए
  • पिक्सेल ७, पिक्सेल ७ प्रो र पिक्सेल ७ ए
  • पिक्सेल फोल्ड
  • पिक्सेल ट्याब्लेट
  • पिक्सेल ८, पिक्सेल ८ प्रो र पिक्सेल ८ए
  • पिक्सेल ९, ९ प्रो, ९ प्रो एक्सएल, ९ प्रो फोल्ड र पिक्सेल ९ए

एन्ड्रोइड १६ का दुई ठूला परिवर्तनहरू यो पहिलो स्टेबल (स्थिर) रिलीजको अंश नभएको बताइएको छ। एन्ड्रोइड १६ का दुई ठूला परिवर्तनहरूमा मटेरियल ३ एक्सप्रेसिभ र नयाँ डेस्कटप मोडको रहेका छन् जुन पछि आउने उल्लेख गरिएको छ।

गुगलले आफ्नो विकासकर्ता–केन्द्रित एन्ड्रोइड १६ क्यूपीआर २ बिटा पनि जारी गरेको छ जसमा नयाँ डेस्कटप मोड समावेश छ। यसलाई एक्सटर्नल (बाह्य) मनिटरमा डिस्प्लेपोर्ट कनेक्सन (जडान) चाहिने र प्रयोगकर्ताहरूलाई रिसाइजेबल विन्डोजहरूसँग धेरै एपहरू चलाउन अनुमति दिनेछ। साथै टास्कबारले चलिरहेको एपहरू र एप ड्रअर देखाउने जनाइएको छ।

जडित फोनहरू एक्सटर्नल (बाह्य) डिस्प्लेबाट स्वतन्त्र रूपमा सञ्चालन हुनेछन्। गुगलको आफ्नै पिक्सेल ट्याब्लेट जस्तो ट्याब्लेट प्रयोग गर्दा, डेस्कटप सेसन दुवै डिस्प्लेहरूमा विस्तार हुनेछ भने ट्याब्लेट स्क्रिन र जडान गरिएको डिस्प्ले दुवैमा आइटम्स (वस्तुहरू) ड्रयाग (तान्न) गर्न सकिने बताइएको छ।

एन्ड्रोइड १६ स्टेबलले एड्याप्टिभ एपहरूको लागि समर्थन ल्याएको छ जसले फोनको स्क्रिन साइज (आकार), ओरियन्टेसन वा फर्म फ्याक्टरको पर्वाह नगरी एपहरूले उचित रूपमा स्केल र व्यवहार गर्ने छन्। यो फोल्डेबलहरूको लागि ठूलो बुस्ट हुने जनाइएको छ।

अब एउटै सिङ्गल एपबाट आउने नोटिफिकेसन (सूचनाहरू) लाई क्लटर (अव्यवस्था) कम गर्न समूहबद्ध गरिने उल्लेख गरिएको छ।

गुगलले आफ्नो नोटिफिकेसन म्यानेजमेण्ट (सूचना व्यवस्थापन) लाई लाइभ अपडेटहरूको साथ नेभिगेसन, राइड–हेलिङ र फुड डेलिभरी जस्ता चलिरहेका गतिविधिहरूको लागि डायनामिक नोटिफिकेसन (गतिशील सूचनाहरू) सँग ओभरहल गर्ने भएको छ। यस प्रकारका सूचनाहरू लक स्क्रिन र सिस्टम स्ट्याटस एरियामा उपलब्ध हुनेछन्।

त्यसैगरी श्रवण यन्त्र भएका प्रयोगकर्ताहरूले नयाँ नेटिभ कन्ट्रोल टगल पाउने भएका छन् जसले ब्याट्री स्ट्याटस (स्थिति), प्रिसेटहरू, माइक्रोफोन सेलेक्सन (चयन) र भोल्युम कन्ट्रोल (नियन्त्रण) ल्याएको उल्लेख छ। प्रयोगकर्ताहरूले अब कोलाहलपूर्ण वातावरणमा राम्रो भ्वाइस (आवाज) पिकअपको लागि आफ्नो फोनको माइक्रोफोन प्रयोग गर्न स्विच गर्न सक्नेछन्।

एडभान्स्ड प्रोटेक्सन (उन्नत सुरक्षा) ले प्रयोगकर्ताहरूलाई अनलाइन आक्रमणहरू, हानिकारक एपहरू, असुरक्षित वेबसाइटहरू र स्क्याम कलहरूबाट आफ्नो व्यक्तिगत डाटा सुरक्षित गर्न मद्दत गर्नेछ।

त्यसैगरी ट्याब्लेटहरूले नयाँ डेस्कटप विन्डोइङ विकल्प प्राप्त गर्ने भएका छन्। यो सुविधाले प्रयोगकर्ताहरूलाई डेस्कटप–लाइक (जस्तो) इन्टरफेसमा मल्टिपल (धेरै) एप विन्डोहरू खोल्न, मुभ (सार्न) र साइज (आकार) परिवर्तन गर्न अनुमति दिनेछ। यो सुविधा यस वर्षको उत्तरार्धमा उपयुक्त डिभाइसहरूमा रोल आउट गरिने बताइएको छ।

एन्ड्रोइड १६ स्टेबलको अन्य सुविधाहरूमा कस्टम किबोर्ड सर्टकटहरू, एचडीआर स्क्रिनसटहरू, एड्याप्टिभ रिफ्रेस रेट कन्ट्रोल्स र आईडेन्टिटी जाँच समावेश रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २९ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया