
काठमाडौं ।
ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई आफ्नो डिभाइसहरूमा स्वचालित रूपमा डाउनलोड गरिएका फोटो र भिडियोहरूको गुणस्तर चयन गर्न अनुमति दिने एउटा सुविधाको गत अप्रिलदेखि परीक्षण गरिरहेको छ। यो सुविधा अब बीटा कार्यक्रममा दर्ता भएका केही एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि उपलब्ध भएका बताइएको छ।
यो अटो–डाउनलोड क्वालिटी फिचर (स्वतः डाउनलोड हुने गुणस्तर सुविधा) एन्ड्रोइडको लागि ह्वाट्सएपको बीटा संस्करण २.२५.१८.११ भएका केही प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइएको र रोलआउटसँगै आगामी हप्ताहरूमा थप बीटा प्रयोगकर्ताहरूमा विस्तार हुने अपेक्षा गरिएको डब्ल्यूएबिटाइन्फो जनाएको छ।
यो सुविधा प्राप्त गर्ने बीटा प्रयोगकर्ताहरूले यसलाई “मिडिया अपलोड क्वालिटी” विकल्प मुनि ह्वाट्सएपको सेटिङहरू श्र स्टोरेज र डाटा मेनु अन्तर्गत पाउन सक्नेछन्। यो “अटो–डाउनलोड क्वालिटी” को रूपमा सूचीबद्ध गरिएको छ भने स्ट्याण्डर्ड क्वालिटी (मानक गुणस्तर) र एचडी क्वालिटी (गुणस्तर) गरी दुईओटा डाउनलोड विकल्पहरू प्रदान गर्ने बताइएको छ।
“स्ट्याण्डर्ड क्वालिटी” चयन गर्दा व्हाट्सएपले स्वचालित रूपमा मिडियाको कम्प्रेस गरिएको संस्करण डाउनलोड गर्नेछ भने “एचडी क्वालिटी” छनौट गर्दा एपले डिभाइसमा हाई–रिजोल्युसन मिडिया संस्करण डाउनलोड गर्नेछ।
त्यसैगरी, यदि तपाईंले अटो–डाउनलोडको लागि “स्ट्याण्डर्ड क्वालिटी” (मानक गुणस्तर) छनौट गर्नुभयो भने, तपाईंसँग च्याट भित्र पछि पनि एचडीमा मिडिया म्यानुअल रूपमा हेर्ने विकल्प हुनेछ। तर यसको लागि त्यो संस्करण अझै पनि व्हाट्सएपको सर्भरमा उपलब्ध हुुनु पर्नेछ भनि थप उल्लेख गरिएको छ।
ह्वाट्सएपले हाई–क्वालिटी (उच्च–गुणस्तर) को फोटो÷तस्बिरहरू र भिडियोहरू पठाउँदा डुअल–अपलोड प्रोसेस साथ नयाँ प्रणाली प्रस्तुत गरेको डब्ल्यूएबिटाइन्फोले रिपोर्ट गरेको छ। त्यसैले अब प्रयोगकर्ताहरूले एचडी गुणस्तरमा तस्बिर वा भिडियो सेण्ड (पठाउँदा) गर्दा तिनीहरूका डिभाइसहरूले स्वचालित रूपमा अपलोडको लागि त्यो मिडियाको स्ट्याण्डर्ड (मानक) र एचडी संस्करणहरू उत्पन्न गर्ने उल्लेख गरिएको छ।
इण्ड–टु–इण्ड इन्क्रिप्शनको कारणले गर्दा व्हाट्सएपले फाइललाई यसको आफ्नो सर्भरहरूमा कम्प्रेस गर्नको लागि प्रोसेस गर्न नसक्ने भएकोले स्ट्याण्डर्ड (मानक) र एचडी दुवै संस्करणहरू व्हाट्सएपको सर्भरमा सेण्डरको तर्फबाट अपलोड गर्ने हुनाले यो डुअल–अपलोड अत्यन्तै आवश्यक भएको बताइएको छ। साथै यदि प्राप्तकर्ताले अटो–डाउनलोडको लागि स्ट्याण्डर्ड क्वालिटी (मानक गुणस्तर) चयन गरेको खण्डमा, कम्प्रेस गरिएको संस्करण तिनीहरूको डिभाइसमा डाउनलोड र डिक्रिप्ट गरिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २६ जेष्ठ २०८२, सोमबार