Technology Khabar २६ जेष्ठ २०८२, सोमबार
काठमाडौं ।
ईलन मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको अनलाइन विवादले मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्वनाम ट्विटर) मा ट्राफिक बढाएको देखिए पनि, यसले प्लेटफर्मको अभिभावक कम्पनी एक्सएआई लाई समस्या सिर्जना गरिदिन सक्ने बताइएको छ।
मस्कले यस वर्षको सुरुमा एक्स र एक्सएआईलाई गाभेका थिए र ब्लुमबर्गले यसै हप्ता रिपोर्ट गरे अनुसार उनले गाभिएको कम्पनीको लागि ५ अर्ब डलर ऋण (र ३० करोड डलरको सेकेन्डरी बिक्री) संकलन गर्ने तयारी गरिरहेका छन्।
तर मस्क र ट्रम्पबीचको सम्बन्ध बिग्रँदै जाँदा केही असहज परिस्थिति सिर्जना भएका छन्। वास्तवमा, द वल स्ट्रिट जर्नलका अनुसार बिहीबार दिउँसो मोर्गन स्ट्यान्लीले एक्सएआई का कार्यकारीहरूलाई सम्भावित लगानीकर्तासँग छलफल गर्न बोलाएको थियो, त्यही बेला मस्क र ट्रम्पले आ–आफ्नो सामाजिक सञ्जालमा एक अर्काविरुद्ध आक्रोशित पोस्ट गरिरहेका थिए।
टेकक्रञ्चका अनुसार मोर्गन स्ट्यान्लीले उक्त ऋण डलर बराबरको मूल्यमा बेच्ने योजना बनाएको बताइएको थियो, तर एक व्यापारीले वाल स्ट्रीट जर्नल लाई दिएको जानकारी अनुसार बिहीबार केही समय उक्त ऋण ९५ सेन्ट प्रति डलरमा कारोबार भइरहेको थियो।
लगानीकर्ताहरूले मूल्य घट्दै गएपछि मोर्गन स्ट्यान्लीले थप प्रोत्साहनहरू, जस्तै ब्याजदर बढाउने जस्ता उपाय अपनाउनुपर्ने हुनसक्ने बताएका छन्।
प्रकाशित: २६ जेष्ठ २०८२, सोमबार