वनप्लस १३एस विश्वव्यापी रुपमा लन्चः कम्प्याक्ट डिजाइनको साथ स्न्यापड्रागन ८ एलिट समावेश

  • Technology Khabar | २३ जेष्ठ २०८२, शुक्रबार
वनप्लस १३एस विश्वव्यापी रुपमा लन्चः कम्प्याक्ट डिजाइनको साथ स्न्यापड्रागन ८ एलिट समावेश

काठमाडौं ।

वनप्लसको कम्प्याक्ट पावरहाउस ‘वनप्लस १३एस’ अन्ततः भारतीय बजारमा विश्वव्यापी रूपमा लन्च गरिएको छ। कम्पनीले वनप्लस १३एसमा फ्ल्यागशिप स्न्यापड्रागन ८ एलिट एसओसी समावेश गरेको छ जसले गर्दा सानो फर्म फ्याक्टर र अत्याधुनिक प्रदर्शन सम्भव भएको उल्लेख गरिएको छ।

वनप्लस १३एसः यो कम्प्याक्ट फ्ल्यागशिपमा के खास छ?
वनप्लस १३एस मा रहेको ६.३२ इन्चको एलटीपीओ ओएलईडी डिस्प्लेले १.५के रिजोल्युसन, १२०हर्ज रिफ्रेस रेट, १६०० निट्स पीक ब्राइटनेस र डल्बी भिजन समर्थन गर्दछ। यस डिस्प्लेको वरिपरि ८.१५ मिमी मापन गर्ने मेटालिक (धातुको) फ्रेम रहेको छ भने बडीको तौल केवल १८५ ग्राम रहेको छ। स्मार्टफोनको पछाडि २.५डी ग्लास ह्वाइट रहेको छ भने साइड (छेउ) मा नयाँ प्लस की समावेश गरिएको छ जसले प्रतिष्ठित अलर्ट स्लाइडरलाई प्रतिस्थापन गरेको छ। यो कस्टमाइजेबल बटनले साउण्ड प्रोफाइल्स र एआई टुल्स जस्ता धेरै अन्य विभिन्न टुल्सहरूमा द्रुत पहुँच प्रदान गर्दछ।

वनप्लस १३एस स्न्यापड्रागन ८ एलिटले गर्दा एक कम्प्याक्ट पावरहाउस बन्न सफल भएको बताइएको छ। यो चिप एलपीपीडीआर५एक्स र्याम र यूएफस ४.० स्टोरेजसँग पेयर्ड गरिएको छ। आजको बजारमा सामान्य स्मार्टफोन भन्दा सानो भए पनि, यस डिभाइसमा ५,८५० एमएएच ब्याट्री प्याक गरिएको छ। यो चिनियाँ भेरियन्ट (वनप्लस १३टी) भन्दा अलि सानो भएको बताइएको छ जसमा ६,२६०एमएएच सेल समावेश गरिएको छ। तर १३टी जस्तै, वनप्लस १३एसले ८० वाट वायर्ड फास्ट चार्जिङलाई समर्थन गर्ने बताइएको छ।

फोटोग्राफीको लागि, स्मार्टफोनको रियर (पछाडिको भाग) मा ५० मेगापिक्सेलको सोनी एलवाईटी७०० प्राथमिक सेन्सर र २ह अप्टिकल जुम भएको ५० मेगापिक्सेलको टेलिफोटो शूटर उपलब्ध रहेको छ। त्यसैगरी अगाडिको भागमा अटो फोकस भएको सेल्फी र भिडियो कलहरूको लागि ३२ मेगापिक्सेलको शूटर रहेको छ। यस बाहेक स्मार्टफोनमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर, इन्फ्रारेड सेन्सर, आईपी६५ रेटिङ, एनएफसी र वाई–फाई ७ जस्ता अन्य उल्लेखनीय सुविधाहरू समावेश गरिएका छन्।

मूल्य निर्धारण र उपलब्धताः
वनप्लस १३एस तीन रङ्ग विकल्पहरूमा जारी गरिएको छ जसमा ब्ल्याक भेलभेट, गुलाबी स्याटिन, र ग्रिन सिल्क (भारत विशेष) समावेश छन्। साथै वनप्लस १३एस दुई स्टोरेज कन्फिगरेसनहरूमा उपलब्ध भएको बताइएको छ। स्मार्टफोनको १२ जीबी + २५६ जीबी भेरियन्टको लागि ५४,९९९ भारतीय रुपैयाँ बाट मूल्य सुरु हुन्छ भने १२ जीबी + ५१२ जीबी विकल्पको मूल्य ५९,९९९ भारतीय रुपैयाँ कायम गरिएको छ। यो मोडेल भारतमा ब्रान्डको आधिकारिक वेबसाइट, वनप्लस स्टोर एप, अमेजन र अन्य अग्रणी अनलाइनका साथै अफलाइन खुद्रा विक्रेताहरूबाट खरिद गर्न सकिने गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: २३ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार