
काठमाडौं ।
एआई र डीपफेक आफ्नो शुरुवाती समयदेखि नै चर्चाको विषय बनेका छन्। यसका फाइदा जति छन्, बेफाइदा पनि त्यति नै धेरै बाहिर आउँदैछन्। मानिसहरूले आफ्नो गोपनीयतामा खतरामा पर्ने देखिरहेका छन् र यसबाट अनैतिक गतिविधिहरूलाई बढावा दिइँदैछ। तिनीहरूको नक्कली फोटो र भिडियोहरू बनाएर मानिसहरूलाई दुर्व्यवहार गरिएको समाचारहरु समेत आईरहेका छन।
हालै न्यूजील्याण्डको संसदमा महिला सांसद लौरा म्याकक्लुरले यो मुद्दालाई निकै तीव्रताका साथ उठाइन् र एआईले उत्पन्न गरेको आफ्नो नग्न तस्बिर सबैलाई देखाइन् र एआईको सहयोगमा यस्ता फोटोहरू बनाउन कति सजिलो छ भन्ने बयान गरिन्।
वास्तवमा, गत महिना, न्युजिल्याण्ड संसदमा एक महिला सांसद, लौरा म्याकक्लुरले मे १४ मा भएको बहसको क्रममा आफ्नो एआई-उत्पन्न नग्न तस्बिर देखाइन्, जसले नक्कली तस्बिरहरू सिर्जना गर्न कति सजिलो छ र यसले कति हानि पुर्याउन सक्छ भनेर देखाउँछ।
एसीटी पार्टीकी सदस्य म्याकक्लुरले साधारण गुगल सर्च मार्फत फेला परेको वेबसाइट प्रयोग गरेर केही मिनेटमा घरमा आफ्नो डिपफेक तस्बिर सिर्जना गरिन्। उनले संसदमा भनिन्, “यो मेरो नग्न तस्बिर हो, तर यो वास्तविक होइन र मेरो डिपफेक तस्बिर बनाउन मलाई पाँच मिनेटभन्दा कम समय लाग्यो।”
सामाजिक सञ्जालमा एक भिडियोमा, उनले भनिन्, “यो गर्न कति सजिलो छ भनेर मैले संसदका अन्य सबै सदस्यहरूको ध्यानाकर्षण गराएँ । विशेष गरी हाम्रा युवा किवीहरू र हाम्रा युवतीहरूलाई यसले कति गलत र हानिकारक विषय निम्त्याउँदैछ।”
“समस्या प्रविधिमा होइन, तर मानिसहरूलाई दुर्व्यवहार गर्न कसरी यसको दुरुपयोग भइरहेको छ। यसका लागि हाम्रा कानूनहरू पनि कडा हुनुपर्छ।” उनले थप भनिन्।
प्रकाशित: २२ जेष्ठ २०८२, बिहीबार