इनड्राइभले भन्यो- यातायात बन्दको बेलामा पनि दशौं हजार राइडरले यात्रुलाई सेवा दिईरहेका छन्

  • Technology Khabar | १९ जेष्ठ २०८२, सोमबार
इनड्राइभले भन्यो- यातायात बन्दको बेलामा पनि दशौं हजार राइडरले यात्रुलाई सेवा दिईरहेका छन्

काठमाडौं ।

देशव्यापी अनिश्चितकालीन सार्वजनिक सवारी साधन बन्दको अवस्थालाई मध्यनजर गर्दै राइड हेलिङ्ग कम्पनी इनड्राइभले आफ्ना प्रयोगकर्ताहरुलाई यातायातको वैकल्पिक र भरपर्दो सेवा प्रदान गर्दै सहयोग गरिरहेको जनाएको छ।

इनड्राइभले प्रयोगकर्ता र चालकलाई नै पारदर्शी संवादमार्फत उनीहरू आफैँलाई भाडादर तय गर्ने अधिकार दिने जानकारी दिएको छ।

“यात्रुहरुले आफूले जान चाहेको गन्तव्य राखेर प्रस्तावित भाडादर उल्लेख गर्छन्। सो प्रस्ताव नजिक रहेका चालकहरूलाई पठाइन्छ, त्यसपछि ती चालकहरूले सो प्रस्ताव स्वीकार गर्न, नयाँ दर सुझाव गर्न वा राइड अस्वीकार गर्न पनि सक्छन्।” विज्ञप्तीमा भनिएको छ।

“इनड्राइभको ‘ फेयर प्राईस’ मोडलले नेपालको राइड-हेलिङ क्षेत्रमा भाडाको असमानतालाई चुनौती दिन्छ, जसले यात्रुहरूलाई पारदर्शिता र निष्पक्षताको सिद्धान्तमा आधारित सेवा  उपलब्ध गराउँछ।”

यसैगरी सार्वजनिक यातायात बन्दको अवस्थामा पनि, प्लेटफर्ममा दशौं हजार चालकहरू रहेको र तिनिहरुले यात्रुहरूलाई सवारी सेवाको निरन्तरता सुनिश्चित गरिरहेका जानकारी दिएको छ।

“हामी चालकहरूबाट अत्यन्त न्यूनतम कमिशन लिने नीतिमा विश्वास गर्छौं र त्यसलाई व्यवहारमा पनि उतारिरहेका छौं। यही सन्दर्भमा, हामीले चार-पाङ्ग्रे सवारी साधन (कार) का चालकहरूलाई पिक-आवर (अत्यधिक व्यस्त समय) मा शून्य प्रतिशत कमिशन सुविधा उपलब्ध गराएका छौं। यसले चालकहरूको आम्दानी बढाउनेछ भने यात्रुहरूलाई सहज रूपमा राइड पाउन सजिलो बनाउनेछ। साथै, मोटरसाइकल चालकहरूका लागि पनि हामीले विभिन्न बोनस योजना सञ्चालन गरिरहेका छौं, जसको जानकारी उनीहरूलाई एपमार्फत निरन्तर रुपमा दिइरहेका छौं,” इन्ड्राइभले भनेको छ।

कम्पनीले यात्रुहरूका लागि प्रत्यक्ष छुटको रूपमा यी सुविधा लागू नहुन सक्ने स्पष्ट पार्दै यसले उनीहरूलाई अप्ठ्यारो परिस्थितिमा भरपर्दो र सजिलो सेवा उपलब्ध गराउने प्रतिबद्धता प्रमाणित गर्ने दाबी गरेको छ।

प्रकाशित: १९ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...