राइड सेयरिङको विरोधमा देशभरी सार्वजनिक यातायात सेवा बन्द

  • Technology Khabar | १९ जेष्ठ २०८२, सोमबार
राइड सेयरिङको विरोधमा देशभरी सार्वजनिक यातायात सेवा बन्द
फाइल तस्बिर।

काठमाडौं ।

यातायात व्यवसायीहरूले सोमबारदेखि देशभरी अनिश्चितकालीन रूपमा सार्वजनिक यातायात सेवा बन्द गर्ने घोषणा गरेका छन्।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि सबै सार्वजनिक सवारी साधन ग्यारेजमा थन्क्याउने निर्णय गरेका हुन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा भएको बन्दका कारण आज विहानैदेखि काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात चलेका छैनन् ।

गण्डकी प्रदेश सरकारले निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई ‘राइड सेयरिङ’को नाममा भाडामा दिन सकिने नियमावली जारी गरेपछि यातायात व्यवसायीहरूले त्यसको खारेजी माग गरेका छन्।

प्रकाशित: १९ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • १९ जेष्ठ २०८२, सोमबार