Technology Khabar १७ जेष्ठ २०८२, शनिबार
काठमाडौं ।
चीनले चीनको लङ मार्च-३बी क्यारियर रकेटमा राखेर तियानवेन-२ प्रोब यहि मे २९ मा दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिचाङ भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरेको छ।
चीनले बिहीबार बिहान आफ्नो पहिलो क्षुद्रग्रह नमुना-फिर्ता अभियान, तियानवेन-२ प्रक्षेपण गरेको हो, जुन क्षुद्रग्रहहरूको गठन र विकास र प्रारम्भिक सौर्यमण्डलमा प्रकाश पार्ने प्रयास हो।
तियानवेन-२ मिसनले एक दशक लामो अभियानमा धेरै लक्ष्यहरू प्राप्त गर्ने लक्ष्य राखेको छ। यसले पृथ्वीको नजिकैको क्षुद्रग्रह २०१६ एओ ३ (2016HO3) बाट नमूनाहरू सङ्कलन गर्ने र मंगल ग्रहभन्दा टाढा रहेको मुख्य-बेल्ट धूमकेतु ३११ पी को अन्वेषण गर्ने योजना रहेको छ।
प्रकाशित: १७ जेष्ठ २०८२, शनिबार