सरकारले युवालाई २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने, राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गरिने

Technology Khabar १६ जेष्ठ २०८२, शुक्रबार

काठमाडौं ।

सरकारले युवालाई बिना धितो रु दुई लाखदेखि रु २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने भएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहिबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र तथा परियोजना प्रस्तावका आधारमा बिना धितो रु दुई लाखदेखि रु २० लाखसम्म तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उल्लेख छ।

राष्ट्रिय युवा परिषद्को समन्वयमा १६ वर्षमाथिका युवालाई निश्चित मापदण्डका आधारमा राष्ट्रिय स्वयंसेवक परिचयपत्र प्रदान गरिनेछ।

उनीहरूलाई तालिम तथा प्रशिक्षणबाट योग्य बनाई शिक्षा, स्वास्थ्य, सामाजिक जागरण, वातावरण संरक्षण, विपद्मा उद्धार, राहत र पुनर्स्थापनाका लागि परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

त्यसैगरी, सरकारले मुलुकको आर्थिक, सामाजिक विकास र सेवा प्रवाहमा युवाको योगदान वृद्धि गर्ने भएको छ। रासस

प्रकाशित: १६ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

  • Technology Khabar
  • १६ जेष्ठ २०८२, शुक्रबार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

१६ जेष्ठ २०८२, शुक्रबार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

१६ जेष्ठ २०८२, शुक्रबार

Deepal S05 achieves 5-Star in Euro NCAP rating

१६ जेष्ठ २०८२, शुक्रबार