Technology Khabar १५ जेष्ठ २०८२, बिहीबार
काठमाडौं ।
सरकारले सुरक्षण मुद्रण केन्द्रको पूर्वाधार निर्माण सम्पन्न गरी मुद्रण शुरु गर्ने भएको छ।
संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।
यसअघि सरकारले जारी गरेको नीति तथा कार्यक्रममा सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाई सुरक्षण मुद्रण केन्द्रबाटै हुने घोषणा गरिएकोमा यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयबीच सम्झौता पनि भइसकेको छ।
प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार