Technology Khabar १५ जेष्ठ २०८२, बिहीबार
काठमाडौं ।
संघीय संसदकाे संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिलाई विशेष प्रोत्साहन गरिने घोषणा गरेका छन्।
उनले स्टार्टअपहरुलाई सूचना प्रविधिमा आधरित उद्योग र होटलहरुलाई विशेष आयकर र महशुल छुट दिने घोषणा गरेका छन्।
उनले सूचना प्रविधिमा सेवा निर्यातबाट लाग्ने आयमा ७५ प्रतिशत छुट दिईने बताए।
नेपालमा बसेर सूचना प्रविधिमा आधारित सेवा विदेश निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्र आयकर लाग्ने व्यवस्था गरिएको छ।
१० करोड सम्मको कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने व्यवस्था मिलाईएको छ।
प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार