काठमाडौंमा आईटी पार्क बनाइने, डाटा सेन्टर निर्माणका लागि निजी क्षेत्रसँग समन्वय गरिने

  • Technology Khabar | १५ जेष्ठ २०८२, बिहीबार
काठमाडौंमा आईटी पार्क बनाइने, डाटा सेन्टर निर्माणका लागि निजी क्षेत्रसँग समन्वय गरिने

काठमाडौं ।

डाटा सेन्टर निर्माण, सञ्चालन र पूर्वाधार विकासमा सरकारले निजी क्षेत्रसँग साझेदारी गर्ने भएको छ।

संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन्।

उनले भने, ‘ डाटा सेन्टर निर्माण गर्न, डाटा सेन्टर निर्माण, सञ्चालन र पूर्वाधार विकासमा निजी क्षेत्रसँग साझेदारी गरिनेछ। काठमाडौंमा सूचना प्रविधि पार्क निर्माण गरिनेछ।’

मध्यपहाडी क्षेत्रमा डाटा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गरिने साथै डाटा सेन्टर स्थापना गर्न चाहने स्वदेशी तथा विदेशी कम्पनीलाई जग्गा, अविच्छिन्न विद्युत र सुरक्षा उपलब्ध गराइने पनि उनले थपे।

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...