डिजिटलिकरण र बौद्धिकीकरणद्वारा चीनको आपूर्ति प्रणाली सशक्त बन्दै

  • Technology Khabar | १२ जेष्ठ २०८२, सोमबार
डिजिटलिकरण र बौद्धिकीकरणद्वारा चीनको आपूर्ति प्रणाली सशक्त बन्दै

काठमाडौं ।

चीनले आज एक महत्वाकांक्षी कार्य योजना सार्वजनिक गरेको छ, जसले देशको आपूर्ति शृङ्खलालाई प्रविधि आधारित, आधुनिक तथा सशक्त बनाउने लक्ष्य लिएको छ।

वाणिज्य मन्त्रालय सहित आठ मन्त्रालयहरूको संयुक्त पहलमा ल्याइएको यस कार्य योजनाले कृत्रिम बुद्धिमत्ता तथा डिजिटल अभिलेख राख्ने प्रणालीको प्रयोगमार्फत आपूर्ति शृङ्खलाको पूर्ण रूपान्तरण गर्ने मार्गचित्र प्रस्तुत गरेको छ।

योजना अनुसार, कृषि क्षेत्रमा आपूर्ति शृङ्खलाको सुधार, उत्पादन क्षेत्रको बौद्धिक व्यवस्थापन, थोक बजारमा समन्वय मजबुत पार्ने, खुद्रा क्षेत्रलाई प्रविधिमैत्री बनाउने र ढुवानी खर्च घटाउने कामलाई प्राथमिकता दिइनेछ।

चीनले औद्योगिक तथा आपूर्ति शृंखलालाई लचिलो र सुरक्षित बनाउँदै, यथार्थ अर्थतन्त्र र डिजिटल प्रविधिबीच पूर्ण समन्वय गर्नका लागि विशेष ध्यान दिँदै आएको छ । यसै सन्दर्भमा परम्परागत उद्योगहरूलाई प्रविधि मार्फत रूपान्तरण गर्ने उद्देश्यले यो योजना ल्याइएको हो।

सन् २०३० सम्ममा देशका प्रमुख उद्योग तथा क्षेत्रहरूमा आत्मनिर्भर र बौद्धिक प्रणालीयुक्त डिजिटल आपूर्ति शृंखला निर्माण गर्ने तथा करिब एक सय अग्रणी राष्ट्रिय संस्थाहरूलाई प्रविधिमैत्री आपूर्ति शृंखला क्षेत्रमा स्थापित गर्ने लक्ष्य यस योजनामा उल्लेख गरिएको छ। रासस/सिन्ह्वा

प्रकाशित: १२ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...